२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

प्रचण्डको राजनीतिक यात्रा समाप्त हुन थाल्यो : महेश बस्नेत

मंगलवार , भाद्र २९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • अर्घाखाँची, २९ भदौ ।
    नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गरेका छन् । अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता बस्नेतले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाए । सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेको उनले बताए ।

    कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताए । उनले प्रचण्डले प्रधानमन्त्री पद नपाउँदा पार्टी फुटाएको जिकिर गरे । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नजिर मिया, चन्द्रबहादुर खड्का, बोमबहादुर विक, प्रदेश सचिवालय सदस्य तथा पूर्वमन्त्री चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जालपा भुसाल, जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला, सचिव तोजबहादुर रायमाझी लगायले मन्तव्य बोलेका थिए ।