images
images

आइतवार, जेठ ६ गते २०८१

पत्रकार बिन्दु चौहानको मृत्यु

पत्रकार बिन्दु चौहानको मृत्यु

images
images
images
बुधवार, भाद्र ३० २०७८
बुधवार, भाद्र ३० २०७८
  • पत्रकार बिन्दु चौहानको मृत्यु

    भैरहवा, ३० भदौ । 
    रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको मृत्यु भएको छ । चौहानको गएराति उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा मृत्यु भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए । लुम्बिनी क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका चौहान बिरामी भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । निमोनिया भएसंगै अवस्था गम्भिर भएसँगै उपचारका लागि चौहानलाई युसीएमएस लगिए पनि उपचारकै क्रममा उनको निधन भएको छ ।

    images
    images
    images

    पत्रकार चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य, रुपन्देही शाखाका पूर्व कार्यसमिति सदस्य, प्रेस संगठन नेपालका पूर्व केन्द्रीय सदस्य तथा मधेशी पत्रकार समाज रुपन्देहीका सल्लाहकार हुन् ।  लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मोगहलावासी ४५ वर्षिय चौहानका श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनी बुटवल टुडे राष्ट्रिय दैनिक, बुद्ध सामूदायिक टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत थिए ।
    चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दु:ख व्यक्त गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij