२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

बुटवलमा एमाले अध्यक्ष ओलीको पर्खाइमा नेता-कार्यकर्ता

बुधवार , भाद्र ३०, २०७८

बुटवल, ३० भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउदै छन ।  बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।  भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजार भन्दा बढी अगुवा कार्यकर्ता सहभागि हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । बिहान ११ बजे सुरु हुने कार्यतालिका रहे पनि अझै ओली बुटवल आएका छैनन् । ओलीको पर्खाइमा नेता कार्यकर्ता कार्यक्रम स्थलमा देख्न सकिन्छ । सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीद्वारा आयोजना गरिएको कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी समिति सदस्य टोप बहादुर रायमाझी, छबिलाल विश्वकर्मा लगायतले नेताहरुले सम्बोधन गर्नेछन् ।