
बुधवार , भाद्र ३०, २०७८
भैरहवा, ३० भदौ ।
नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्छ भन्दै प्रश्न गरेका छन् । उनले एमालेविरुद्धको घेराबन्दी र कुचेष्टालाई असफल बनाउने दावी गरे ।
एमाले जिल्ला कमिटी, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले एमालेविरुद्ध एक्लै लड्ने हिम्मत नभएको बताए । माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै उनले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गरे । उनले आक्रोशित र निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij