images
images

सोमवार, जेठ ७ गते २०८१

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

images
images
images
बिहिवार, भाद्र ३१ २०७८
बिहिवार, भाद्र ३१ २०७८
  • आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

    दैलेख, ३१ भदौ  । बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ  आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा  राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

    जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज जानकारी दिए । 

    टीकाकुमारीले भनीन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ”। नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएकोे छ । रासस

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij