२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

बिहिवार , भाद्र ३१, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल ।बुधबार एमाले अध्यक्ष केपि शर्मा ओलि आउने भएपछी आजको लागि सारिएको लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ। 

    सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेको छ । 

    नारावाजी गर्नुअघि संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् । 

    उनीहरूले सर्वसत्ताबाद मुर्दाबाद,अनुशासनहित सदस्यलाइ कारबाही गर,संसदको गरीमा उच्च राखौँ,लोकतन्त्र जिन्दाबाद,संसदको अमर्यादीत ब्यबहार बन्द गर,हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् ।

    सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसद अजय शाही र बिमलाकुमारी ओलीलाई पदमुक्त गरी कारवाही गरिएको सुचना सुनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरिरहेको हो ।
    नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।