images
images

सोमवार, जेठ ७ गते २०८१

क्याम्पसमा लगाएको ताला फोडिएको भन्दै अनेरास्ववियुले जलायो कुर्सी

क्याम्पसमा लगाएको ताला फोडिएको भन्दै अनेरास्ववियुले जलायो कुर्सी

images
images
images
बिहिवार, भाद्र ३१ २०७८
बिहिवार, भाद्र ३१ २०७८
  • क्याम्पसमा लगाएको ताला फोडिएको भन्दै अनेरास्ववियुले जलायो कुर्सी

    भैरहवा, ३१ भदौ । 
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले बिहीबार क्याम्पसको प्रशासन र लेखा शाखामा रहेको कुर्सी जलाएको छ । संगठनले लगाएको ताला फोडिएकाले प्रशासन र लेखा शाखामा रहेका तीनवटा कुर्सी जलाइएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । क्याम्पस प्रशासनले एकलौटी रुपमा गरेको शुल्क वृद्धि फिर्ता नलिएकोले अनेरास्ववियले आन्दोलन जारी राखेको उनले बताए । उनले आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए । शैक्षिक शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलनमा नरोकिने न्यौपानेले बताए । 

    images
    images
    images

    अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले विद्यार्थीको हकहितको लागि संगठनले निरन्तर आवाज उठाउँदै आएको बताए । उनले एउटा संगठनले तालाबन्दी गरेपछि माग पुरा गर्नुको साटो ताला फोडिएकोले कुर्सी जलाइएको बताए । 

    प्रत्येक वर्ष १० प्रतिशत शैक्षिक शुल्क प्रतिशत बढाउने त्रिभुवन विश्वविद्यालयको नियम भन्दै भैरहवा बहुमुखी क्याम्पस प्रशासनले बढाएको छ, तर एकलौटी रुपमा शुल्क बढाउन पाइन्छ कि पाँइदैन, त्यो अध्ययन गर्न म आग्रह गर्दछु, ’ठकुरीले भने । 

    संगठनले उठाएका माग क्याम्पस प्रशासनले सम्बोधन नगरेकाले भदौ २९ गते क्याम्पस प्रशासन र भदौ २३ गते क्याम्पस प्रमुख कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका सचिव आशिष पन्तले बताए । भदौ २१ गते शुल्क वृद्धि फिर्ता गर्ने माग गर्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै ४८ घण्टे अल्टिमेटम दिदा समेत संगठनको मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरिएको पन्तले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij