२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

शुक्रवार , आश्विन १, २०७८

पोखरा, १ असोज । नेकपा ९एमाले० सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् । 

प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।” 

सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । यो सरकार असफल भइसकेको छ । पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र  अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले  अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम भएको उनले जोड दिए ।  

एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताएका सचिव भटृराईले आम सञ्चार विधेयकले पत्रकार जगतमा अङ्कुश लगाउने भएकाले यसको विपक्षमा आफू उभिने बताए ।