images
images

सोमवार, जेठ ७ गते २०८१

नवौँ विज्ञान दिवस : विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड

नवौँ विज्ञान दिवस : विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड

images
images
images
शुक्रवार, आश्विन १ २०७८
शुक्रवार, आश्विन १ २०७८
  • नवौँ विज्ञान दिवस : विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड

    काठमाडौँ, १ असोज । मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताएका छन् ।नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक तहले विज्ञान शिक्षाका लागि प्राथमिकता दिनसकेमा विज्ञानमार्फत समृद्धि हासिल हुने बताए । 

    मन्त्रालयका शिक्षा हेर्ने सचिव रामप्रसाद थपलियाले विज्ञानको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए । विज्ञान हेर्ने सचिव सुरेश आचार्यले विज्ञान कूटनीतिको प्रवद्र्धन गर्दै यस क्षेत्रमा वैदेशिक लगानी र ज्ञान ल्याउन पहल गर्नुपर्ने आवश्यकता औल्याए । पूर्वविज्ञानमन्त्री गणेश साहले विज्ञान र हरेक क्षेत्रको अन्तरसम्बन्ध विस्तार गर्नुपर्ने बताए ।

    images
    images
    images

    ‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) सहित आज यो दिवस मनाइएको हो । दिवसको मूल समारोह समितिले दिवसका अवसरमा रु २५ हजार राशिको विज्ञान पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मणि दाहाललाई दिने घोषणा गरियो । यस्तै एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गरिएको छ । 

    दिवसका अवसरमा शिक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । नेपालमा अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई नेपाल सरकारको २०६९ मङ्सिर ८ गतेको निर्णयानुसार यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा साताव्यापी कार्यक्रम मनाइँदैछ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij