२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

कर्मचारीका माग सम्बोधन गर्न भीम अस्पताललाई पाँचदिने अल्टिमेटम

शुक्रवार , आश्विन १, २०७८

  • 7.0K
    Shares
  • 7.0K
    Shares
  • भैरहवा, १ असोज । 
    आफूहरुले उठाएका माग सम्बोधन नभएको भन्दै भीम अस्पताल विकास समिति कर्मचारी यूनियनले अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ । आमरण अनसनमा बस्दा राखिएका मागहरु सम्बोधन गर्न पाँचदिने अल्टिमेटम दिदै कर्मचारी युनियनले शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

    कर्मचारी यूनियनले थालेको अनशनसहितको आन्दोलन र त्यसले सिर्जना गरेको चुनौती सम्बन्धमा दुई पक्षबीच वार्ता, संवादपछि एउटा निष्कर्षमा पुगेर तीन सदस्यीय समस्या समाधान समिति गठन भए पनि हालसम्म पनि माग सम्बोधन नभएको भीम अस्पताल विकास समिति कर्मचारी यूनियनका अध्यक्ष गोपाल उपाध्यायले बताए । उक्त समितिले अध्ययन अनुसन्धान गरी बनाएको प्रतिवेदन समिति समक्ष पेश भइ भदौ ३१ गते अस्पताल विकास समितिको पूर्ण बैठकमा छलफल हुँदा विभिन्न किसिमका प्रश्नहरु उठाइ समितिले तयार पारेको न्यूनतम कार्यसूची, योजना र माग सम्बोधन गर्ने न्यूनतम सहमति नभएकोप्रति कर्मचारी दुःखी र आश्चर्यचकित भएको उपाध्यायले बताए ।

    ‘अनशनमा बस्दा राखिएका ६ सुत्रीय मागमध्ये सबै प्राय छाडी केवल कर्मचारीको तलब सेवा सुविधा तह र पद अनुसार नेपाल सरकार सरह हुनुपर्ने न्यायोचित माग समेतलाई नजरअन्दाज गरिएका कारण हामी सम्पूर्ण विकास समितिमा कार्यरत कर्मचारी पुनः सशक्त आन्दोलनमा विकल्प रहेन, ’ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘आगामी मंगलबारसम्मको समयको महत्वलाई अस्पताल विकास समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र अस्पताल प्रशासनलाई गम्भिर भएर बुझ्ने र सकारात्मक निर्णय गर्नेछ भन्ने विश्वास र भरोसा गरेका छौं, ज्ञापनपत्रमा उल्लेख छ ।’