
शनिवार , आश्विन २, २०७८
रुपन्देही, २ असोज ।
लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थानमा भालुबाङ लालमटियामा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संविधान दिवस–२०७८ को अवसरमा ५७ जना प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई प्रदेश पदकद्वारा सम्मानित गर्ने सरकारले निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मन्त्री परिषदमा प्रदेशश पदक प्रदान गर्ने, साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको सत्तामा मुख्यमन्त्री शैक्षिक सुधारका कार्यक्रम लागू गर्ने, प्रदेश सरकारको कार्यविभाजन नियमावलीको अनुसूचीमा रहेर हेरफेर भए अनुसारको साविकको मन्त्रालयहरुले कार्यजिम्मेवारी हेरफेर भए बमोजिम सम्बिन्धत मन्त्रालहरुलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तातरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज केसीले बताए ।
त्यस्तै मन्त्रीपरिषद्ले राजधानी व्यवस्थापन कार्य जिम्मेवारी पर्यटन तथा शहरी विकास मन्त्रालयलाई तोकिएको हुँदा राप्ती गाउँपालिका २ लालमटिया दाङस्थित राजधानी व्यवस्थापनको कार्यालय (अस्थायी) लाई अभिलेख, सम्पत्ति दायित्व जनशक्तिसहित उक्त मन्त्रालयलाई हस्तातरण गर्ने, प्रदेश राजधानी रहने स्थानमा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यववस्थान गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्ती रोल्पाका रमेश बहादुर वली क्षेत्रीलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले बताए ।
मन्त्रीपरिषद्ले व्यवस्थापन समम्बन्धी कार्यविधि २०७८ दोस्रो संशोधन स्वीकृति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्ले भुगोल मिलान झिमरुक गाउँपालिका प्यूठानको केन्द्र भ्यागुतेको सत्ता मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिका वडा थपघट तथा समायोजन, बुटवल उपमहानगरपालिकाको थपघट तथा समायोजन बारेमा निर्णय छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij