
शनिवार , आश्विन २, २०७८
भैरहवा, २ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । त्यसै क्रममा शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले जनताले जसपालाई विश्वास गरेको र पार्टीलाई निर्वाचित गराएकोले त्यो विश्वास कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथिद्वय प्रदेश सरकारका कृषिमन्त्री सुमन शर्मा रायमाझी तथा श्रम, रोजगार तथा यातायातमन्त्री पुरमति ढेंगा मगरले जसपा जनताले रोजेको पार्टी भएको बताए ।
जसपाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–९ उदयपुरको भेलाले जावेद आलमको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमित जयसवाल र दिपेन्द्र कुमार चौधरी, सचिवमा अजय जयसवाल र कोषाध्यक्षमा अहमद अन्सारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विनोद यादव, सुरज जयसवाल, सुनिल जयसवाल, सुदिप यादव, केशव कुर्मी, कन्हैया कुर्मी, सागर कुर्मी, अजय कुर्मी, रमजान आलम, अमन गुप्ता, बाहिद पठान, तबारक अली, विशाल यादव, शैलेन्द्र पासी, जितेन्द्र यादव, कमरुल खान र निसार खान रहेका छन् ।
जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य अतिउल्लाह मुसलमान, उमाशंकर यादव, वरिष्ठ नेता महेन्द्र यादव, लुम्बिनी प्रदेश उपाध्यक्ष धनेश्वरी चौधरी, प्रदेश सदस्य मोहम्मद अली, उज्जवल पोखरेल, रुपन्देही जिल्ला उपाध्यक्ष सियाराम यादव, जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला), सिद्धार्थनगर उपाध्यक्ष रविना भण्डारी, कोषाध्यक्ष जावेद आलम, नगर सदस्य मनोज यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij