images
images

आइतवार, जेठ ६ गते २०८१

कृषि विकास बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण

कृषि विकास बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण

images
images
images
सोमवार, आश्विन ४ २०७८
सोमवार, आश्विन ४ २०७८
  • कृषि विकास बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण

    भैरहवा, ४ असोज ।
    कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसान क्रेडिट कार्ड/एप्स तथा एमपीओस वितरण गरेको छ । बैंकले भैरहवामा सोमबार एक कार्यक्रमकाबीच ४६ जनालाई कार्ड वितरण गरेको आइफ्याड परियोजनाका रितु खनालले बताइन् । त्यस्तै बैंकले बेलामाई सहकारी संस्था लिमिटेड मायादेवी–६, रुपन्देहीलाई एमपीओस वितरण गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एउटै कार्डमार्फत विभिन्न विषयमा जानकारी पाउन सकिने बताए । उनले अबको समय किसानको समय भएको बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको बताए । उनले बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने बताए । कार्यक्रममा उपस्थित किसानहरुलाई उपाध्यायले भने, समाजलाई रुपान्तरण गर्नुपर्छ, उधारो होइन नगद अभियान चलाउनुपर्छ, संगै नगद रुपैयाँ बोक्दा विभिन्न समस्या आउन सक्छ, त्यसैले कार्डको प्रयोग गर्नुपर्छ ।

    कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक प्रताप सुवेदीले नगद बोकेर हिड्दा चोरी हुने, हराउने लगायतका समस्या भएपछि अहिले नगद पैसा बिनाको कारोबारका लागि कार्डको प्रयोग भइरहेको बताए । उनले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरीद गर्न सकिने बताए । उनले भने, कार्डको पिन÷पासवर्ड सुरक्षित राख्नुहोस् । एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिने उनको भनाइ थियो । राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने उनले बताए ।

    बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले किसान राष्ट्रको ठूलो शक्ति भएको बताए । उनले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने बताए । निर्देशक श्रीवास्तवले केही हदसम्म एमपीओसले बैंकको काम गर्ने बताए । 

    बैंक अन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडी बढाउन आग्रह गरे । उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताए । 

    कृषि विकास बैंक भैरहवा शाखाका प्रबन्धक नविन श्रीवास्तवले किसान क्रेडिट कार्ड प्रयोग गरेपछि नगद बोक्नुपर्ने बाध्यता नरहने बताए । उनले किसान एपमार्फत कृषिसम्बन्धि जानकारी पाउन सकिने बताए । बेलामाई कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विशुन यादवले किसान कार्डमार्फत विभिन्न सुविधा पाउन सकिने बताए ।  कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका वरिष्ठ सहायक राकेश यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_4551.JPG

    के हो किसान क्रेडिट कार्ड ?

    विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृगिा सहकारी, फर्म, कम्पनीहरुले गर्नेछन् ।

    किसान कार्डबाट प्राप्त हुने सुविधाहरु

    आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाता ग्राहीले तोकिएको सीमासम्म कार्ड मार्फत कोरोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार उत्पादन गरेको कृषि उपज विक्री गर्न सकिने तथा कृषि कार्यको लागि क्यास पोईन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिने छ ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij