
बुधवार , आश्विन ६, २०७८
भैरहवा, ६ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका उपाध्यक्ष उमेश अग्रहरीसहित तीनजनाले पार्टीबाट राजीनामा दिएका छन् ।
अग्रहरीसहित जसपा सिद्धार्थनगर सदस्यद्वय विनोद अग्रहरी (भुवन प्रसाद अग्रहरी) र जितेन्द्र पाण्डेले राजीनामा दिएका हुन् । पार्टीमा गुटबन्दी भइरहेको र कार्यकर्ताकोसही मुल्यांकन नभएकाले साधारण सदस्यबाट समेत राजीनामा दिएको जसपा सिद्धार्थनगर उपाध्यक्ष उमेश अग्रहरीले बताए ।
तीनै जनाले सामाजिक संजाल फेसबुकमार्फत जसपाबाट राजीनामा दिएको घोषणा गरेका छन् । यस अघि जसपा सिद्धार्थनगर इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)ले सोमबार राजीनामा दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij