२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

साधारणसभा तथा अधिवेशनको अवसरमा संगठनद्वारा सरसफाई

बिहिवार , आश्विन ७, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares

  • भैरहवा, ७ असोज ।
    आफ्नो १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा उद्योग व्यापार संगठन, रुपन्देहीले भैरहवामा सरसफाई गरेको छ । साधारणसभा तथा अधिवेशनको अवसरमा बिहीबार बिहान सरसफाई कार्यक्रम गरिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । 

    सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभात चोकदेखि उदयपुर (संगठन)को भवनसम्म सरसफाई गरिएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

    यही असोज ९ गते शनिबार संगठनको १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित आफ्नै नवनिर्मित भवनमा हुने संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले जानकारी दिए ।
    242684062_4557294451004800_7785529709899862258_n.jpg242684181_4557293641004881_2827951578341422890_n.jpg242603718_4557294554338123_1879048485514537494_n.jpg242701218_4557295721004673_47166202765726784_n.jpg