
शुक्रवार , आश्विन ८, २०७८
भैरहवा, ८ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगरको नगर सम्मेलन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अनेरास्वविय नगर कमिटी, सिद्धार्थनगर, रुपन्देहीको अयाोजनामा भएको सम्मेलनले सुनिल खनालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नगर कमिटीको उपाध्यक्षमा विवेक भण्डारी, श्रृजना शाक्य, सचिवमा शिव खरेल, कोषाध्यक्षमा दिक्षा केसी, सह–सचिवमा के.एल. पाण्डे, मनिषा कार्की र पवन न्यौपाने चयन भएका छन् । त्यस्तै संगठन विभाग प्रमुखमा मिलन पौडेल, अनुशासन विभागमा कमल घिमिरे, महिला विभागमा विनिता थापा, सांस्कृतिक विभागमा नविना पोख्रेल, खेलकुद विभागमा राजन अर्याल, मधेशी विभाग प्रमुखमा अजय धोवी रहेका छन् ।
त्यस्तै सदस्यमा रोशन धवल, निश्चल मानन्धर, सन्दिप थापा, कल्पना अधिकारी, शिल्पा पोख्रेल, श्रृजना थापा, विकेश चौधरी, अनिल वि.क., आकाश सहानी, अर्जुन गुरुङ, विजय पौडेल, स्वेता पोख्रेल, दिप्ती ढुंगाना, जनक दर्लामी, किरण पौडेल, संजोब बस्याल, जीवन भण्डारी, आशिष न्यौपाने, राजन अर्याल र दर्शिल रायमाझी रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिना बढी बितिसक्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको बताए । उनले अनेरास्ववियु अग्रपंक्तिमा रहेर विद्यार्थीहरुको हकहितको लड्दै आएको बताए । नेता पन्थीले अनेरास्ववियुको साथमा एमाले रहेको बताए ।
एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगतिविरुद्ध अनेरास्ववियुले निरन्तर आवाज उठाइरहेको बताए । उनले गौरवपूर्ण इतिहास बोकेको अनेरास्ववियुले विद्यार्थीको हकहितमा लागि अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा विद्यार्थी सह–इञ्चार्ज उमा अधिकारी, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष साजन भण्डारी लगायतले बोलेका थिए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीको अध्यक्षता, रुपन्देही जिल्ला सदस्य एवं भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेको स्वागत तथा के.एल. पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij