images

शनिवार, बैशाख १५ गते २०८१

निकै मिहिनेतले सरावल गाउँपालिकालाई कोरोना मुक्त बनायौं : अध्यक्ष चौधरी

निकै मिहिनेतले सरावल गाउँपालिकालाई कोरोना मुक्त बनायौं : अध्यक्ष चौधरी

images
images
images
शनिवार, आश्विन १० २०७७
शनिवार, आश्विन १० २०७७
  • निकै मिहिनेतले सरावल गाउँपालिकालाई कोरोना मुक्त बनायौं : अध्यक्ष चौधरी

    सरावल गाउँपालिकामा कोभिड–१९ को अवस्था कस्तो छ ? 
    सरावल गाँउपालिका अहिले कोभिड–१९ मुक्त गाँउपालिका भएको छ । सुरुका दिनमा चीन, भारत लगाएतका देशमा कोरोना देखिन थालेदेखि नै हामीले सर्तकता अपनाएका थियौं । भारतसंग सिमा जोडिएका कारण खुल्ला सीमाका हाम्रा लागि निकै चुनौतीपुर्ण थियो । चुनौतिलाई अवसरको रुपमा लिएर हामीले कोभिड–१९ बाट बच्ने उपाएको अवलम्बन गर्दै काममा खटिएका थियो । खुल्ला सीमा भएका कारण भारतबाट सहजै रुपमा नेपाल छिर्न सक्ने कुरालाई ध्यानमा राखेर त्यही हिसाबले सावधानी अपनाउनेदेखि लिएर लक्षणका विषयमा सचेत बनाउँदै हिडेका छौं । चीन, भारत लगाएतका देशमा कोरोना भाइरसको संक्रमण देखिएपछि भारतबाट नेपालीहरु नेपाल आउन सक्ने कुरालाई ध्यानमा राखेर सीमा क्षेत्रमा हेल्थ तथा हेल्प डेस्क स्थापना गरेर नागरिकलाई सचेत बनायौं । गाउँपालिका टिम निकै मिहिनेतका साथ लागिपरेका कारण गाउँपालिकालाई कोरोनामुक्त बनाउन सफल भएका छौं ।

    images

    कोभिड–१९ का सुरुवाती दिनलाई कसरी व्यवस्थापन गर्नुभयो ? 
    कोभिड–१९ का सुरुवाती दिन निकै कठिन र कष्टपूर्ण थिए । हाम्रो गाउँपालिका भारतसंग सीमा जोडिएको गाउँपालिका भएकाले हामीले भारतबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने होला भन्ने बिषयले केही समय सतायो पनि । अर्को कुरा भारत तथा अन्य देशबाट आउने नागरिकलाई कम्तीमा १४ दिन क्वारेटिनमा राख्नुपर्ने स्वास्थ्य मन्त्रालयको प्रोटोकल भएका कारणले क्वारेन्टिन बनाउनुपर्ने थियो । सुरुवाती चरणमा क्वारेन्टिन बनाउने विषयमा पनि केही समय समस्या देखियो । स्थानीयले कोभिड–१९ का विषयमा प्रयाप्त बुझ्न नसकेका कारण हामीलाई क्वारेन्टिन बनाउन समस्या भए पनि पछि भने सबैलाई बुझाएपछि उनीहरुले क्वारेन्टिन स्थापनामा सहयोग गरे । सुरुमा ज्वरो नाप्ने थर्मन गन, पीपीई, मास्क र सेनिटाइजर किन्नका लागि पैसा भएर पनि सामान नपाउँदाको पीडा अहिले पनि ताजा छ । तर, केही समयपछि सबै कुराको व्यवस्थापन गर्दै गयौ । जसले गर्दा कोभिडका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउन परेन।  यसमा हामी सफल पनि भयौ । यो हाम्रा लागि निकै राम्रो पक्ष रह्यो । कोभिडका कारण चल्दै गरेको कक्षा ८ को परीक्षालाई पुर्णता दिन सकेनौ । सबै परीक्षा सकाउँछौ भनेर लागि परे पनि सबैतिरको दवाव र कोरोना संक्रमितको संख्या बढेकाले दुईवटा परीक्षा भने लिन सकेनौ । 

    भारत तथा तेस्रो मुलुकबाट आएका नेपाली नागरिकलाई कसरी व्यवस्थापन गर्नुभयो ? 
    भारत तथा तेस्रो मुलुकबाट आएका नेपाली नागरिकलाई हामीले गाँउपालिका भित्र निर्माण गरिएका क्वारेन्टिनमा राखेर उनीहरुको व्यवस्थापन ग¥यौं । सुरुवाती चरणमा एक ठाउँमा मात्रै क्वारेन्टिन निर्माण गरेका थियौ । त्यही स्थानमा उनीहरुलाई राख्यौ । क्वारेन्टिनमा राखिएका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन तथा परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टिम निर्माण ग¥यौं । भारत लगायतका देशबाट गाउँपालिका भित्र कोही व्यक्ति आएको थाहा पाउनेबित्तिकै क्वारेन्टिन पठाउने, कसैलाई लक्षण देखिए कोभिड अस्पताल पठाउने काम ग¥यौ । सुरुमा कोरोना भाइरस हावाबाट फैलिन्छ भन्ने जस्ता हल्लाका कारण क्वारेन्टिन निर्माणमा समेत समस्या आयो । पछि राजनीतिक दल, सामाजिक संघ–संस्था, प्रहरी प्रशासन, स्थानीय सबैसंगको बसाईमा छलफल ग¥यौ त्यसपछि क्वारेन्टिन निर्माणमा सहमति जुटेको थियो । साथै हामीले सामाजिक दुरी, मास्क र सेनिटाइजरको प्रयोगका विषयमा पनि सचेत गराउँदै प्रयोग गर्न पनि सिकायौ । 

    Radheshyam Chaudery.jfif

    राधेश्याम चौधरी 
    अध्यक्ष, सरावल गाउँपालिका, नवलपरासी 

    गाउँपालिकामा कोभिड–१९ को नियन्त्रणका लागि गरिएको प्रयासहरु के के हुन ? 
    सुरुमा गाँउपालिकाभित्र कोरोना पोजेटिभ देखिदा समाजमा एक खालको त्रास नै फैलियो । क्वारेन्टिनमा बसेहरुको पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखियो । पोजेटिभ देखिएपछि समाजमा केही समय तनाव सिर्जना भयो । ती संक्रमितलाई भैरहवास्थित भीम अस्पतालमा पठायौ । धेरैले संक्रमितलाई सञ्चो हुँदैन जस्तो खालका कुरा गरे । ती संक्रमितको सफल उपचारपछि घर फर्किएपछि हामी निकै ठुलो तनावबाट मुक्त भयौ । गाउँपालिकाबासीमा पनि त्रास कम भयो । कोरोना लाग्दैमा मरिने रहेनछ भन्ने भयो । काम नागरिकमा आत्मबल बढ्यो । जसले गर्दा पछिल्ला दिनमा हामीलाई काम गर्न सजिलो पनि भयो । कोरोना संक्रमितको मनोवल उच्च बनाउने खालका कार्यक्रमहरु ग¥यौं । होम आइसोलेसनमा बस्नका लागि गरिएको आग्रह । होम आइसोलेसनमा बसेरै निको हुनेको दर बढ्दै गएपछि झनै सहज हुँदै गयो । अर्कोतर्फ म आफै पनि स्वास्थ्यमा राम्रो दख्खल राख्ने व्यक्ति भएकाले काम गर्न र बुझाउन सजिलो भयो । 

    कोभिड–१९ को महामारीको वेला कसरी काम गर्नुभयो ? काम गर्ने बेलमा तपाईहरु आफै संक्रमित हुनु भयो की नाई ? 
    हामीले कोभिड–१९ को महामारीका बेला निकै खटेर काम ग¥यौ । कहिलेकाही त हामी १८ घण्टासम्म पनि खट्यौ । १८ घण्टासम्म खट्दा निकै थकाई महसुस भए पनि आत्मसन्तुष्टी भने मिलेको थियो । जनताको काम गर्न भनेर निर्वाचित भएका हामी जनप्रतिनिधि जनताको सेवा गर्न पाउँदा भने खुसी महसुस ग¥यौ । कति दिन त खाजा खाना नखाई काममा खटियौ । त्यहींबीचमा एक जना स्वास्थ्यकर्मी र एक जना गाउँपालिकाका सहयोगीमा कोरोना पोजेटिभ देखियो । अरु जना भने अहिले सम्म पनि सुरक्षित नै छौ । सबैसंग सहकार्य गरेर काम गरिएकाले कोभिडका कारण अन्य ठुलो क्षति भने बेहोर्नुपरेन । अहिलेसम्म सुरक्षित तरिकाले काम गरिरहेका छौ । अब सुरक्षित तरिका अवलम्बन गरेर विद्यालय खोल्ने तयारीमा जुटेका छौं । केही दिन भित्रै विद्यालय खोल्छौ । त्यसका लागि सामूदायिक तथा संस्थागत विद्यालयका प्रअसंग बसेर छलफल अगाडि बढाइरहेका छौं । सावधानी अपनाएर, विद्यार्थीलाई सचेत गराएर विद्यालय खोल्छौ । 

    गाउँपालिकामा कोभिड संक्रमित कति जना पुगे ? अनि पीसीआर रिर्पोट समयमा आउने गरेको छ  ? 
    सरावल गाउँपालिकामा १५ जना मात्रै कोरोना संक्रमित थिए । त्यसमध्ये १४ जना विभिन्न आइसोलेसन सेन्टरमा उपचार गरी घर फर्किएका छन् भने एक जना होम आइसोलेसनमा बस्नु भएको छ । पीसीआर परीक्षणको कुरा गर्दा पीसीआर रिर्पोट समयमा नआएका कारणले हामीलाई क्वारेन्टिनमा बसिरहेकालाई व्यवस्थापन गर्न निकै समस्या परिरहेको छ । कहिलेकाहीं त २० दिनसम्म पनि रिर्पोट आएको छैन् । त्यसले गर्दा समस्या भइरहेको छ । यसमा प्रयोगशालाले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij