२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

कांग्रेस महाधिवेशन : पाल्हिनन्दनमा कण्डेल पक्ष विजयी

आइतवार , आश्विन १०, २०७८

नवलपरासी, १० असोज । अग्रजलाई सम्मान युवालाई प्रोत्साहनस सबल र संगठित नेपाली काङ्ग्रेस हाम्रो अभियान भन्ने मूल नाराका साथ गरिएको उमेदवारी घोषणामा नेपाली काङ्ग्रेसको नेता कण्डेल पक्ष भारि मत हासिल गरि खनाल पक्षलाई पराजित गरेको छ । 

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा काङ्ग्रेसको नेता मुन्ना कण्डेल पक्ष विजय भएको छ । गाउँकार्य समितिमा 
नेपाली कांग्रेसको कण्डेल पक्षका हरिहर चौहानको प्यानल विजयि भएको हो । मिडियामा पटकपटक खनाल पक्ष बलियो भएको समाचार आएको र त्यो समाचार मानिसहरूलाई भर्ममा परेको बताउँदै हरियर चौहानले आफु खनाल पक्षको प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५७  मत ल्याई पराजित गरेको बताए । साथै उनले कण्डेल पक्ष बलियो थियो र बलियो रहनेछ भन्ने दाबा समेत गरेका छन् । 

प्रतिस्पर्धीलाई पराजित गर्दै कण्डेल पक्षका हरिहर चौहान प्यानलका उपसभापतिका उमेदवार सादिया मुस्लमान , शिव कुमार रौनियार र सचिवम पदका उमेदवार जितेन्द्र गुप्ता,शैलेस यादव तथा सह सचिव पदका उमेदवार पन्नालाल केवट ,राजकुमारी थारु चैधरी लगाएतले भारि मत प्राप्त गरि विजय हासिल गर्नुभएको हो । प्रतिस्पर्धि गुड्डु गुप्ताले २० मत हासिल गरेर पराजित भएका थिए ।