
रोहिणीमा १५० जना बढी राप्रपामा प्रवेश
आइतवार , आश्विन १०, २०७८
भैरहवा, १० असोज ।
गत स्थानीय तहको निर्वाचनमा मा नेकपा (माओवादी) केन्द्रबाट वडाअध्यक्षको उम्मेदवार बनेका नेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवार बनेका हरिद्वार प्रसाद जैसवाल सो पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र सिद्धार्थनगर–११ वडा कमिटीका अध्यक्ष समेत रहेको जयसवालसहित सोही पार्टी परित्याग गरी हरि प्रसाद हरिजन समेत राप्रपामा प्रवेश गरेका छन् । त्यस्तै नेपाली कांग्रेस परित्याग गरी हरिराम यादव, लालचन्द कहार र जोगेन्द्र जैसवाल राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उनीहरुलाई राप्रपा रुपन्देही जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा प्रवेश गराएका हुन् । कार्यक्रममा राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठ, इकाई अध्यक्ष गणेश यादव, नेताहरु शंकर खत्री, केदार बरई लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १५० जना बढी राप्रपामा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिका–१, रुपन्देहीमा आयोजित जन आर्शीवाद तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका स्थानीय युवा नेता जाकिर हुसेनको नेतृत्वमा १५४ जनालाई राप्रपामा प्रवेश गराइएको रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
रोहिणी–१ का वडाअध्यक्ष तथा राप्रपा नेता आबिद अली पठानको अध्यक्षता, पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा नेता शंकर खत्री, क्षेत्र नम्बर १ का अध्यक्ष शंकर खत्री, रुपन्देही जिल्ला सदस्य सब्बीर अली पठान, रोहिणी गाउँपालिका उपाध्यक्ष तथा राप्रपा नेतृ शिवकान्ति हरिजन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीका अध्यक्ष मोबिन आलम, रोहिणी–३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्री, राप्रपा रोहिणी गाउँपालिका अध्यक्ष राम मिलन यादव, वडा नम्बर ५ का अध्यक्ष अनिल प्रताप चौधरी, रोहिणी–६ का अध्यक्ष राम करन चौधरी, छिपागढ मा.वि. व्यवस्थापन समितिका अध्यक्ष बंश बहादुर धवल, अनिल यादव, इसरार निजामी, हरिद्वार हरिजा, अजमल खान, राजु चौधरी लगायतको उपस्थिति रहेको थियो ।
राप्रपा रुपन्देही सचिवमा शर्मा
राप्रपा रुपन्देहीको बलराम शर्मा मनोनित भएका छन् । पुराना तथा अनुभवी नेता शर्मालाई राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले सचिवमा मनोनित गरेका हुन् ।
राप्रपा सिद्धार्थनगर कोषाध्यक्षमा कार्की
यसैबीच राप्रपा सिद्धार्थनगर नगर समितिको बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले नगर कोषाध्यक्षमा कविता कार्कीलाई मनोनित गरेको छ । त्यस्तै नगर सह–सचिवमा घनश्याम भट्टराई, सदस्यहरुमा मेनुका गौतम, कल्पना थापा, दीपक ढाडी र रबिन्द्र पन्थी मनोनित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij