images
images

शनिवार, जेठ ५ गते २०८१

नवलपरासी काङ्ग्रेस नगर अधिवेशनमा देउवा इतर समुहको बर्चस्व

नवलपरासी काङ्ग्रेस नगर अधिवेशनमा देउवा इतर समुहको बर्चस्व

images
images
images
सोमवार, आश्विन ११ २०७८
सोमवार, आश्विन ११ २०७८
  • नवलपरासी काङ्ग्रेस नगर अधिवेशनमा देउवा इतर समुहको बर्चस्व

    असोज ११, नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नगर अधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समुह कमजोर देखिएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । पार्टीमा स्व. खुमबहादुर खड्का समूहका कँडेल देउवा गुटका हुन् भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् । ७ वटा पालिकामध्ये सुनवल नगरपालिका, बर्दघाट नगरपालिकामा खनाल समुहका उम्मेदवार विजयी भए भने सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा पनि खनाल समुहकै उम्मेदवार निर्विरोध विजयी भएका छन् ।

    त्यस्तै रामग्राम नगरपालिका, सरावल गाउँपालिकामा र पाल्हिनन्दन गाउँपालिकामा भने कंडेल समुहका उम्मेदवार निर्वाचित भएका छन् । सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन्  रायमाझिले कंडेल समुहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । रायमाझीले १७६ मत प्राप्त गर्दा पाण्डेयले ४९ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा रायमाझी प्यानलका उम्मेदवार विजयी भएका छन् ।

    images
    images
    images

    उपसभापतिमा नेत्रप्रसाद भट्टराई १६० मत र रमेश कर्माचार्य १७३ मत सहित विजयी भएका छन् । पाण्डेय प्यानलका पेउनारायण न्यौपानेले ७७ र राधा केसी खत्रीले ३८ मत पाए ।सचिवमा रायमाझी प्यानलकै ओमप्रकाश बाह्रघरेले १८० मत र कुलानन्द पाण्डेले १५८ मत सहित विजयी भए । पाण्डे प्यानलका नेत्रलाल शर्मा ९तिवारी० ले ४८ मत र तारा पाण्डेले ५३ मत पाए । त्यस्तै सहसचिवमा रायमाझी प्यानलका गगाधर चापागाईंले १५७ मत र सरस्वती थापा क्षेत्रीले १८५ मत सहित विजयी भएका छन् भने पाण्डे प्यानलका केशवराज भण्डारीले ५० मत र पुरुषोत्तम पाण्डेले ४४ मत प्राप्त गरे ।

    बर्दघाट नगरपालिका सभापतिमा खनाल समुहका दामोदर जिसिको प्यानल बिजय भएको छ । जिसी १९३ मत सहित विजयी हुँदा कंडेल समुहका शम्भुलाल श्रेष्ठले १३५ मत पाए । उपसभापतिमा मन्जु शर्मा चालिसेले १९१ मत र होमराज कुवरले १८६ मत सहित विजयी भए । श्रेष्ठ प्यानलका गणेशकुमार पौडेलले ११३३ र अर्जुन क्षेत्रीले १४० मत पाए । सचिवमा कृष्णप्रसाद काफ्लेले १८७ र हेमबहादुर क्षेत्रीले १८५ मत सहित विजयी भए भने श्रेष्ठ प्यानलका सुर्यप्रसाद पाण्डेले ११५ मत र केदार चौधरीले १४७ मत पाए । त्यस्तै सहसचिवमा रिना गौचन गुरुङले १९५ र फडेन्द्र चौधरीले १९३ मत सहित विजयी हुँदा श्रेष्ठ प्यानलका मिना बुढाथोकीले १२५ र नरेन्द्र बहादुर क्षेत्रीले  ११३ मत पाए ।

    सुस्ता र प्रतापपुर गाउँपालिकामा भने कंडेल समुहको उम्मेदवारी दर्ता नभएका कारण खनाल समुहको नेतृत्व निर्विरोध निर्वाचित भएको छ । सुस्ता गाउँपालिका सभापतिमा रविन्द्र कुमार बनियाँ निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नारायण पाण्डे, सचिवमा नारायण भण्डारी र अनिल कुमार महतो, र सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नाथुराम क्षेत्रि र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै रामग्राम नगरपालिका सभापतिमा कंडेल समुहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले खनाल समुहका उमाशकर श्रीवास्तबलाई पराजित गरेका हुन् । बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तबले ११५ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् ।

    उपसभापतिमा नाथु यादव १९७ मत र प्रदिप खड्का २०१ मत सहित विजयी भएका छन् । श्रीवास्तब प्यानलका बलिराम यादवले १०१ मत र गिरिराज पाण्डेले ११३ मत पाए ।सचिवमा बस्याल प्यानलकै चौथिप्रसाद कोहारले २०९ मत र बिकास घिमिरेले २०२ मत सहित विजयी भए । श्रीवास्तब प्यानलका प्रभन्सप्रसाद गौडले १०२ र टकप्रसाद भुजेलले ९७ मत पाए ।त्यस्तै सहसचिवमा बस्याल प्यानलका शुभाष ज्ञवालीले १९९ र सन्दिप अग्रहरिले २१० मत सहित विजयी भएका छन् भने श्रीवास्तब प्यानलका विज्ञान  सिहले ८९ मत र नेत्रप्रसाद चौधरीले १०७ मत प्राप्त गरे ।

    त्यस्तै पाल्हिनन्दन गाउँपालिकामामा कंडेल समुहका हरिहर चौहान सभापति सहितको पुरै प्यानल विजयी भएको छ । चौहानले ७७ मत प्राप्त गरि विजयी हुँदा खनाल समुहका गुड्डु गुप्ताले २० मत प्राप्त गरे ।उपसभापतिमा चौहान प्यानलका सादिया मुसलमान ७८ मत र शिवकुमार रौनियार ८० मत सहित विजयी भए । गुप्ता प्यानलका राजु सुनारले १६ र रञ्जित लोहारले १८ मत पाए ।

    सचिवमा चौहान प्यानलका जितेन्द्र गुप्ताले ७६ मत र शैलेश यादवले ६९ मत प्राप्त गरि विजयी भए भने गुप्ता प्यानलका दामोदर गुप्ताले १८ र मानेश्वर शहानीले २७ मत पाए । सहसचिवमा चौहान प्यानलका पन्नालाल केवट ७३ मत र राजकुमारी चौधरी ७८ मत सहित विजयी भएका छन् भने गुप्ता प्यानलका शैलेश गुप्ताले २० मत र हृदेश तिवारीले १५ मत प्राप्त गरे ।

    सरावल गाउँपालिकामा पनि कंडेल समुहका विनोद पाण्डेको पुरै प्यानल विजयी भएको छ । पाण्डेले ७६ मत प्राप्त गरि विजयी हुँदा खनाल पक्षका इन्द्रबहादुर चौधरीले ४० मत पाए ।उपसभापतिमा पाण्डे प्यानलका महेन्द्र चौधरीले ८१ मत र शिवनाथ तिवारीले ७० मत प्राप्त गरि विजयी भए भने चौधरी प्यानलका उमापति बस्यालले ३७ मत र सुरज बानियाँले ३८ मत पाए । सचिवमा पाण्डे प्यानलका सञ्जय चौधरीले ६६ मत र राजु आहिर ९यादव०ले ७२ मत प्राप्त गरि विजयी भए । चौधरी प्यानलका विधा न्यौपानेले ४१ मत र गोवरी यादवले ३९ मत पाए ।त्यस्तै सहसचिवमा पाण्डे प्यानलका रिताकुमारी चौधरीले  ६९ मत र फिरोज खाले ७२ मत सहित विजयी भए भने चौधरी प्यानलका उमा चौधरीले ३९ मत र जसराम कहारले ३९ मत पाए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij