२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

राष्ट्रिय युवा संघ सम्मरीमाईको भेला, अध्यक्षमा देवान

सोमवार , आश्विन ११, २०७८

भैरहवा, ११ असोज । 
राष्ट्रिय युवा संघ नेपाल सम्मरीमाई गाउँ कमिटी, रुपन्देहीको भेला सम्पन्न भएको छ । भेलाले मन्जुर अलि देवानको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा राजेश कुमार मौर्या, सचिवमा रामनाथ केवट, कोषाध्यक्षमा खुस्बुद्दीन खान चयन भएको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित कुमार शुक्लाले बताए ।

नेकपा एमाले सम्मरीमाई गाउँ कमिटी अध्यक्ष युनिश मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य बाबुलाल यादवले परमादेशबाट आएको सरकारले मन्त्रीमण्डल गठन गर्न नसकेको बताए । उनले वर्तमान सरकारको औचित्य सकिएको बताए । उनले एमाले पुनः बहुमतका साथ आउने बताए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य साधुसरन सहानी, एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ४ का अध्यक्ष कमलेश यादव, राष्ट्रिय युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ इञ्चार्ज अमित कुमार शुक्ला लगायतले बोलेका थिए ।