images

बिहिवार, बैशाख २७ गते २०८१

भारतीय केराको आयात रोक्न किसानको माग

भारतीय केराको आयात रोक्न किसानको माग

नरोकिए आन्दोलनमा उत्रिने चेतावनी

images
images
images
बुधवार, आश्विन १३ २०७८
बुधवार, आश्विन १३ २०७८
  • भारतीय केराको आयात रोक्न किसानको माग

    परासी, १३ असोज । 
    विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका–६ का किसान मोतीलाल कोइरी यस वर्ष निकै चिन्तित बनेका छन् । १० विगाहा क्षेत्रफलमा उनले गरेको केरा बजार नपाएपछि बोटमै पाकेर झर्न थालेकाले उनी चिन्तित बनेका हुन् । निकै परिश्रम र लगानी गरेर उत्पादन गरेको नगदेबाली केरा नेपाली बजारमा भाउ नपाएपछि केरा कुहिने डरले उनी सस्तोमै केरा बेच्न बाध्य भएको बताउछन् । उनले, ‘केरा बोटमा तयार छ केही बोटका केराहरु पाकेर झर्न थालेका छन्, व्यापारीहरु केरा महंगो छ भन्दै भारतीय बजार धाइरहेकाले सस्तोमा केरा बेच्दा पनि छिटो केरा विक्री नभइरहेकोले आफूलाई मर्का परेको छ ।’

    images
    images
    images

    नेपाली केरा भन्दा भारतीय केरा प्रतिदर्जन १० रुपैयाँ सस्तोमा पाउने हुँदा नेपालको विभिन्न बजारहरुका भारतीय केरा छ्याप्तछ्याप्ती पाउन थालेपछि नेपाली केराको बजार घट्दै गएको छ । जिल्लाका किसानहरुले गत वर्ष केरा प्रतिदर्जन ४० देखि ४५ रुपैयाँसम्ममा विक्री गरेका थिए । तर यस वर्ष चाडपर्वका बेला नेपाली बजारमा भारतीय केराको बिगबिगीले प्रतिदर्जन २५ देखि २८ रुपैयाँमा विक्री गर्न बाध्य रहेको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । 

    चाडपर्वका बेला व्यापारीहरु सस्तो खोज्दै भारतीय केरा व्यापक रुपमा नेपाल भित्राउने कार्यले नेपाली केरा बजार पाउन छोडेको छ । किसानहरु केरा त उत्पादन गर्छन् तर केराले उचित मुल्य र बजार नपाउने कारण किसानहरु केरामा आत्मनिर्भर बन्न सकिरहेका छैनन् । ‘वर्षेनी यही समस्या छ, प्रत्येक वर्ष भारतीय केराको आयात रोक्न ज्ञापनपत्र र डेलिगेशनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई तथा पहल भएको पाइँदैन अध्यक्ष यादवले भने ।’

    यस वर्ष पनि भारतीय केरा रोक्न केरा किसानहरु लुम्बिनी प्रदेश सरकारका कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएकोमा मन्त्री रायमाझीले यस समस्याको समाधान गर्न पहल गर्ने र लुम्बिी प्रदेशबाहेकका प्रदेशका बजारहरुमा पनि केराको आपूर्ति सहज गराउन पहल गर्ने बताएकी थिइन् ।

    केराको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासीमा केरा खेती बढ्दै अहिले २ हजार ५ सय विगाहा क्षेत्रफलमा पुगेको छ । कृषकहरु केरामा बढी उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर केरा महंगो भन्दै व्यापारीहरु यसरी दिनहुँ डीसीएमका डीसीएम भारतीय केरा नेपाल भित्र्याउने कार्यले नेपाली केराको बजार घट्दै गएको छ । 

    सरकारले किसानहरुलाई केरामा आत्मनिर्भर बनाउन केरा बिमा नीति सुधार गर्नुपर्ने, बिउ बिजन, मलमा अनुदान दिनुपर्ने र केराको बजार व्यवस्थापनसंगै भारतीय केरा रोक्नुपर्ने किसानहरुको माग रहेको संघका अध्यक्ष यादवले बताए ।  

    गण्डक कमाण्ड क्षेत्र केराको लागि मुख्य पकेट क्षेत्रको रुपमा लिइएको छ । यहाँ किसानहरु व्यवसायिक रुपमा केराखेती गर्ने र उत्पादनलाई मुख्य बजार नारायणगढ, बुटवल, भैरहवा, पोखरा, काठमाडौं, मुग्लिङ्ग लगायतका बजारहरुमा विक्री वितरण गर्दै आएका छन् तर वर्षेनी यही समस्या देखिए पनि यसतर्फ सरकारले ध्यान पुर्याएको पाइँदैन । केरातर्फ किसानहरुलाई प्रोत्साहन गर्नुपर्नेमा बिना क्वारेन्टाइन चेकजाँचको भारतीय केरा व्यापक रुपमा नेपाल भित्रीरहँदा सम्बन्धित निकाय भने मौन बसेको छ । 

    चलिरहेको केरा सिजनमा केराले उचित मुल्य र बजार पाएन भने विगतका वर्षझै यस वर्ष पनि कौडीका भाउमा गाउँ–गाउँ घुमेर केरा बेच्नुपर्ने अवस्था रहेको किसानहरु बताउँछन् । भारतीय केरा समयमा रोक्न नेपाल सरकारले पहल नगरे किसानहरुले विभिन्न चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij