२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सैनामैनाका १० वटा वडामा राष्ट्रिय युवा संघ नेपाल विस्तार

बुधवार , आश्विन १३, २०७८

सैनामैना, १३ असोज ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले रुपन्देहीको सैनामैना नगरपालिकामा संगठन विस्तार गरेको छ । संघले नगरपालिकाको ११ वटै वडाहरुमा संगठन विस्तार गरेको राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिए । संगठन विस्तार अभियान अन्तरगत सैनामैना वडा नम्बर १ मा रवि अर्यालको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा चेतनारायण पाण्डे, नन्दराम थारु, ओम बहादुरी राहादी, सचिवमा ईश्वरी न्यौपाने, सह–सचिवमा संगिता कुंवर र सुरज तिवारी रहेका छन् ।

त्यस्तै वडा नम्बर २ मा विष्णु पाण्डेको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा शेर बहादुर गाहा र अनुपमा के.सी., सचिवमा किशोर जंग कार्की, सह–सचिवमा पुरन राना र कोषाध्यक्षमा लेखनाथ खनाल रहेका छन् । त्यसै गरी सैनामैना–३ मा अम्मर थापाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा अविरल भुसाल र सह–सचिवमा शम्भु थापा रहेका छन् । सैनामैना–४ को वडा भेलाले शंकर क्षेत्रीको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिवेक परियार, सचिवमा रोहन सुनार र सह–सचिवमा असिम खनाल रहेका छन् ।

सैनामैना–५ मा सुरज चापागाईको संयोजकत्वमा वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा सन्तोष लम्साल र शर्मिला जि.सी., सचिवमा मौसम सोमरे मगर र सह–सचिवमा कृष्ण लम्साल रहेका छन् ।
त्यस्तै, सैनामैना–६मा सुरज थापाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कमिटीको उपाध्यक्षमा गोपाल रास्कोटी, सचिवमा हितमान भुसाल र सह–सचिवमा सुमन घिमिरे रहेका छन् ।
वडा नम्बर ८ मा सुमन पन्तको संयोजकत्वमा नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा केशव पोख्रेल, चन्द्रकान्त अर्याल, सुनिता चौधरी, विशाल भुसाल, सचिवमा सुनिल चौधरी, कोषाध्यक्षमा प्रदिप अर्याल र सह–सचिवमा डिल्लीराज पोख्रेल र शिरा अर्याल रहेका छन् ।

सैनामैना–९ भेलाबाट संघर्ष लम्सालको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा .दिपक राना, सचिवमा. सन्दीप पन्थ र सह–सचिवमा संजय गैरे रहेका छन् । सैनामैना–१० को भेलाले राजु श्रेष्ठको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा केशव थापा, सचिवमा विकास रास्कोटी,,कोषाध्यक्ष कोपिल घिमिरे र सहसचिवमा सबिना बगाले रहेका छन् ।

सैनामैना–११ को भेलाले कमल सेनको संयोजकत्वमा वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा चिनक सापकोटा, सचिवमा हिम्मत पोख्रेल, कोषाध्यक्षमा यमलाल सापकोटा र सह–सचिवमा रामु मरासिनी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले पार्टीलाई बलियो बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । श्रेष्ठले पार्टीको भातृ संगठन बलियो भयो भने मात्रै सिंगो पार्टी बलियो बन्ने भन्दै युवा संगठित र एकताबद्ध हुनुपर्नेमा जोड दिए । एमाले नेता तथा सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले युवाहरुको एकतामा मात्र देशको परिवर्तन सम्भव भएकाले युवाहरु सक्रिय रुपमा अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा एमाले सैनामैना नगर इञ्चार्ज खुशीराम चौधरी, नगर अध्यक्ष चेतनारायण न्यौपाने, नेता बसन्त पाण्डे, राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर अध्यक्ष प्रेम थापा लगायतले बोल्दै युवाहरुको एकताबाट नै समृद्धि ल्याउन सकिने बताए । केही दिनपछि नगर सम्मेलन हुने समेत बताइएको छ । राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटीका सचिव केशव पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।