२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन प्रवद्र्धन गर्न बबइ रिर्सोटको सस्तो अफर

सोमवार , आश्विन १२, २०७७

बर्दिया, १२ असोज  । 

मध्य तथा पश्चिम नेपालको पर्यटकीय केन्द्र बर्दियाको ठाकुरद्धारास्थित बबइ रिर्सोटले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले सस्तो अफर सार्वजनिक गरेको छ । 

ठाकुरद्धारामा ठूलो लगानीमा निर्माण भएको रिर्सोटले काठमाडौं लक्षित गरेर दुइ रात तीन दिनकालागि यस्तो अफर ल्याएको हो । कोरोनाका कारण थला परेको पर्यटनलाई उकास्ने उद्धेश्यले अफर सार्वजनिक गरिएको रिर्सोटका सञ्चालक धर्म घिमिरे बताए । 

घिमिरेका अनुसार उक्त अफर अनुसार १८ हजार ९ सय ९९ रुपैया“ प्रति व्यक्ति खर्च तोकिएको छ । अफरमा काठमाडौं–नेपालगन्ज ओहोरदोहोर हवाइ भाडा समेटिएको छ । त्यसबाहेक रिर्सोटबाट नेपालगन्ज विमानस्थलसम्म गाडीको सुविधा रहेको छ । त्यसैक्रममा पाहुनालाई कर्णाली चिसापानी अवलोकन गराउने घिमिरेले बताए । 

घिमिरेका अनुसार उक्त खर्चमै रिर्सोटमा दुइ रातकालागि डिलक्स कोठा उपलब्ध गराइने छ । साथै बे्रकफाष्ट, एक दिनका लागि बिहान र दुइ छाक बेलुकाको खाना उपलब्ध गराइने छ । ‘चितवन निकुञ्जमा आधा दिन जीप सफारी गराइने छ,’ घिमिरेले भने, ‘त्यस बाहेक गाउ“ अवलोकन, हात्ती प्रजनन केन्द्र र थारु संग्राहलय पनि घुमाइनेछ ।’ यस बाहेक गोही प्रजनन केन्द्र अवलोकन र थारु गाउ“ भ्रमण उपलब्ध हुने उनले बताए । यस बाहेक सेवा पनि उपलब्ध रहेको र त्यसका लागि रिर्सोटको शर्त लागू हुने घिमिरेले बताए ।