images

बुधवार, बैशाख १२ गते २०८१

मोतिपुर औद्योगिक क्षेत्रः यसरी शुरु भएको थियो विवाद

मोतिपुर औद्योगिक क्षेत्रः यसरी शुरु भएको थियो विवाद

images
images
images
सोमवार, आश्विन २५ २०७८
सोमवार, आश्विन २५ २०७८
  • मोतिपुर औद्योगिक क्षेत्रः यसरी शुरु भएको थियो विवाद

    बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल अहिलेको प्रदेश मुकाम हो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले बुटवल क्षेत्र (रुपन्देही) लाई औद्योगिक राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै दाङलाई राजधानी बनाउन लागे ।

    images

    उनको जोडबल अनुसार नै दाङ प्रदेश राजधानी तोकियो । आर्थिक राजधानी भनेर बिभिन्न औद्योगिक कार्यहरू शुरु गर्ने क्रममा मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पहल शुरु भयो । 

    बुटवल क्षेत्रमा पर्ने करिब २ सय बिघा क्षेत्रफल भूमिहीन समूहको नाममा कब्जा गरेर ४०० घर टहरा बनिसकेको उक्त स्थानमा मोतिपुर औद्योगिक क्षेत्र बन्ने भन्ने भइसकेपछि विवाद उत्पन्न हुन थाल्यो । शिलान्यास हुनुभन्दा पहिले देखिनै त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीहरूमा संघर्ष समिति बनाएर विरोधका कार्यहरु अगाडि बढाउन थालिएको थियो। सरकारले २०७३ मा ८१३ बिगा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्रको नाममा पुर्जा बनाएदेखि नै उक्त क्षेत्रबारे विवाद बढिरहेको थियो। 

    शिलान्यासमा स्थानीयको अवरोध
    सरकारले औद्योगिक क्षेत्र बनाउन शिलान्यास गर्दा पनि केहीले अवरोध गरेका थिए। अवरोधकाविच  रुपन्देहीकै जनप्रतिनिधि एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योगमन्त्री लेखराज भट्टले २१ फागुन २०७७ मा  शिलान्यास गरे। 

    विवादित कार्यक्रम अघि बढाएको भन्दै मन्त्रीद्वय सवार गाडी लक्षित ढुंगा प्रहार समेत भएको थियो। करिडोरमा बनाइएको मञ्च तथा शिलालेख स्थानीयले अघिल्लो दिन नै भत्काएका थिए। त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निर्माण गरि अवरोधकै बिचमा शिलान्यास भएको थियो। 

    सरकारले मोतिपुर औद्योगिक क्षेत्रमा बसोबास गरिरहेका ब्यक्तिहरूलाई शिलन्यास पश्चात स्थानान्तरण गर्ने गरि अगाडि बढिरहेको बताएपनि स्थानीयले पहिले नै स्थानान्तरण र त्यसपछि मात्रै शिलान्यास हुनुपर्ने माग गर्दै विरोध गरिरहेका थिए। 

    सुकुम्बासीको नाममा हुकुमबासीद्वारा जग्गा अतिक्रमण
    औद्योगिक क्षेत्र बनाउन छुट्ट्याएको जग्गाबारे स्थानीयसँगै सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने गिरोहको सक्रियता बढेको थियो। भूमिहीनको नाममा दिनप्रतिदिन जग्गा कब्जा गरेर टहरा बनाउने क्रम बढेपछि स्थानीय प्रशासनले घर टहरा भत्काउन प्रहरी परिचालन गरिरहेको थियो। प्रहरीले दिनहुँ स्थानीयलाई लखेट्ने र रेखा लगाएको स्थानमा नष्ट गर्ने गरे पनि अतिक्रमण रोकिएको थिएन। 

    जग्गा अतिक्रमण गरी बस्ती बसाल्न सर्वसाधारणसँग रकम उठाएका ८ जनालाई करिब ३ हप्ताअघि प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयले अतिक्रमण नरोकिएपछि तीन साता अघिदेखि निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाकै बिचपनि जग्गा अतिक्रमणका कार्यहरू भने रोकिएनन् । 

    शिलान्यास पछि शून्य काम
    मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको ७ महिना भए पनि कामको प्रगति भने शून्य छ। शिलान्यास भएको १ महिना भित्र उद्योग स्थापनाको लागि आशय पत्र आह्वान गर्ने, उक्त आशय पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधारहरू (अस्थायी सडक, विद्युत र पानी) को व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रोडम्याप तयार पारेको थियो।

    लिमिटेडले तयार पारेको कार्य योजना अनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरू निर्माण भइसक्नु पर्ने भए पनि जग्गा विवादले योजना नै अन्यौलता छ। मोतीपुर औद्योगिक क्षेत्रका प्रमुख निमेश अधिकारीले औद्योगिक क्षेत्र भित्र पर्ने घर परिवारलाई व्यवस्थापनको काम समेत अन्यौलता रहेको बताए। 

    शिलान्यास भएको २ वर्ष भित्र त्यस क्षेत्रमा उद्योग सञ्चालनमा ल्याउने र ५ वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि जग्गा विवाद तथा त्यसको व्यवस्थापनमा सहयोग गरिरहेको आयोग नै खारेज भएपछि औद्योगिक क्षेत्रको काम ठप्प भएको छ।

    आईतबार एकाएक रणभूमि भन्यो मोतिपुर
    प्रहरीले तीन दिनदेखि टहरा हटाउने अभियान सुरु गरेको थियो। बेलुका टहरा हटाउने र अवरोध गर्नेलाई पक्राउ गरेको भन्दै टहरा बनाएर बसेकाहरू आक्रोशित भएका थिए। प्रहरीले स्थानीयलाई पक्राउ गरेपछि स्थानीय रिसाएका थिए। आइतबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो ।  

    तर अवैध टहराले निर्माणमै समस्या आएपछि स्थानीय प्रशासनले आइतबार टहरा हटाउन सशस्त्र प्रहरी परिचालन ग¥यो। टहरा बनाएर बसेकाहरूले प्रतिरोध गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले। पाँच प्रहरी घाइते भएपछि प्रहरीले भिड तितरबितर गर्न शुरुमा अश्र ग्यास र हवाई फायर ग¥यो। त्यति गर्दा पनि स्थित नियन्त्रणमा नआएपछि प्रहरीले बाध्य भएर गोली चलाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। ३ दर्जन बढि हवाईफाएरिङ गरिएको सुरक्षा निकायका प्रमुखले जनाएका छन्। 

    झडपमा ४ को मृत्यु, ३ जनाको सनाखत हुन बाँकी
    आईतबारको हातापाईमा ५० जना भन्दा बढि घाईते भएका थिए भने ४ जनाको ज्यान गुमाएका छन्। घाईतेहरुको अवस्था भने सामान्य रहेको छ । उक्त क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । 

    कपिलवस्तु वाणगंगा १० का ४८ वर्षीय रमेश परियारको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घटनामा १६ जना सर्वसाधारण घाइते भएका थिए । १६ जनामध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । 

    ज्यान जोगाउन गोलि चलाएको प्रशासनको स्पस्टीकरण

    आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताए।’

    प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’, तिवारीले भने, ’लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको हो ।’ 

    स्थानीय त्रसीत
    मोतिपुर औधोगीक छेत्रको जमिन कब्जा गर्न देशैभरीबाट जुटेका हजारौं सुकुम्वासी र प्रहरीबिच जंगलमा झडप भएपछि हजारौंजना एकाएक रानीगंज बस्तीमा प्रवेश गरेका थिए। त्यसपछि हरेक चोक र गल्लीहरूमा दोहोरो झडपमा प्रहरीले ठाउँ( ठाउँमा हबाईफाएर र अश्रु ग्यास हाने पछी आखाँहरू पोलेर घरभित्र समेत बस्न समस्या भएको स्थानीयहरुले बताएका छन । 

    स्थानिय राधा सुवेदीले तथा मुना आचार्यले सुकुम्बासी ब्यक्तिहरुले गरेको क्रियाकलापले आफुहरु त्रासित भएर बास्नुपर्ने बाध्यता आएको बताए । घर अगाडी नै दोहोरो झडप हुन थाले पछि स्वास समेत फेर्न गाह्रो भएको उनीहरुको भनाई छ । पाचँ महिने बच्चा लिएर छिमेकीको घरमा जोखिम मोलेर भाग्नु परेको र राती आठबजे मात्रै आफ्नो घरमा फर्केर आएको आचार्य बताउँछीन। 

    स्थानिय ब्यवसायी कुलबहादुर थापाले एकाएक हजारौं सुकुम्वासी दौडेर पसल अगाडी आएपछि सटर झारेर ३ घण्टासम्म सटर भित्र लुकेर बस्न बाध्य भएको बताए। प्रहरीले प्रदर्शनकारी माथि फाएरिङ  गर्दा शटर छेडेर गोली लाग्छ कि भनेर १ घण्टासम्म काउन्टर तल छेकिएर बसेको उनको भनाई छ। 

    मोतिपुरमा र्कफ्यू जारी
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कफ्र्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले आईतवार जारी गरेको कफ्र्यु आदेश अर्को सुचना नआउदा सम्म जारी रहने बताए। 

    र्कफ्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी (बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ९बुटवल १७०, उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल १७० र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन धन्दापुर सौरहियासम्म) रहेको छ ।

    सरकारले औद्योगिक क्षेत्र बनाउन करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरेर सोही अनुसारको तयारी गरिरहेको थियो। तिलोत्तमा नगपालिका, बुटवल उपमहानगरपालिका र शुद्धोदन गाउँपालिकाको जग्गा एकीकृत गरी औद्योगिक क्षेत्र निर्माणको तयारी भएको थियो।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij