images
images

बिहिवार, जेठ ३ गते २०८१

चरा स्वर्ग

चरा स्वर्ग

images
images
images
आइतवार, आश्विन ३१ २०७८
आइतवार, आश्विन ३१ २०७८
  • चरा स्वर्ग

    लुम्बिनी । अष्ट्रेलियाको चाल्स स्टर्ट विश्वविद्यालयका वातावरण विषयमा प्राध्यापक म्याट हन्ट रूपन्देहीको तेलार नदीछेउ ६० भन्दा बढी सारसको हुल उडेको देख्दा निकै रोमाञ्चित बने । ‘खुसीको सिमा रहेन्,’ उनले भने, ‘१० वर्षे चरा पर्यटनको अविस्मरणीय क्षण बन्यो ।’ बेलायती पर्यटक जेनीफर टर्मेली कपिलवस्तुको जगदीशपुर तालमा जलअप्सराको हुल देखेर आल्हादित भइन् । चराको नामैले अर्थ काफी छ । त्यस्को मोहनी रुप देखेरै भावविभोर भए उनले भनिन् । गन्दै जादा २५ वटा देखे । भाग्यमानीले मात्रै मनमोहकतामा प्रकृतिको बरदानै पाएको जलअप्सराको ठूलो समूह देख्न पाउँछ, उनले भनिन् । अझ त्यसमाथि ब्रिडिङ पनि देखे । सुन्दर चरालाई बचेराको चिरविरहाटसंग देख्दाको रोमाञ्चकता जति बखान गरे पनि कम हुन्छ । उनले चरा हेरेर पाएको आनन्द उनी कहिल्यै भुल्न नसक्ने थपिन् । 

    विश्व सम्पदामा सूचीकृत लुम्बिनी आसपास र विश्व सिमसार क्षेत्र जगदीशपुर ताल चराप्रेमीको उत्कृष्ट गन्तव्य बनेको छ । रूपन्देहीको लुम्बिनीस्थित पोखरी, घाँसेमैदान, खेत र सिमसार क्षेत्र चराका लागि उर्वर छ । लुम्बिनी आसपास नेपालमा पाइने भन्दा झण्डै आधी प्रजातिका चार सय २१ प्रजातिका चरा देख्न सकिने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । त्यसमध्ये विश्वकै दुर्लभ १८ प्रजातिका चरा यहाँ देख्न पाइने भएकाले पनि चरा हेर्न आउने यहाँ आकर्षित हुने गरेका छन् । यस क्षेत्रमा विश्वकै दुर्लभ सारस, भुँडीफोर गरुड, कपिन्जल तित्रा, फ्यालफयाले र राज धनेश देखिन्छ । सेतो, डंगर, सानो खैरो र सुन गिद्ध देख्न पाईन्छ । ९ प्रजातिका शिकारी चरा देख्न पाईन्छ । लघु, गोमायु, सानो कङकङ र रणमत्त महाचिल पनि देख्न पाइन्छ । यी सबै दुर्लभ चरा हुन् । अझ सारसको हुल हेर्न मन लागे लुम्बिनी–भैरहवा सडकखण्ड अन्तर्गत पर्ने तेलार, दानव र तिनाउ खोला आसपासका क्षेत्र सजिलै चराप्रेमीको रोजाइमा पर्छ । उड्न सक्नेमध्ये अग्लो पंक्षी सारसको दुर्लभ नेस्टिङ ब्रिडिङ पनि प्रत्यक्ष हेर्न सकिन्छ । एक दुई वटामात्र हैन्, ५÷७ वटाले बचेरा हुर्काएको मनमोहक चहलपहल देख्न पाइन्छ । गृष्ममा दक्षिणबाट चरा आउने रानी चरी, कुक्कु, कोइली, निलपुछ्र्रे र कटुसटाउँके मुरलीचरा, चित्रक पिट्टा, गाँजले पिट्टा, काफल पाक्यो, र लालचुच्चे ठेउँवा लगायतका चरा पनि यहाँ देख्न पाइन्छ । अझ तिनले गुँड बनाएर बचेरा पनि यही हुर्काउँछन् । लुम्बिनी क्षेत्रमै ३९ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने रेकर्ड पनि गरिएको छ । 

    जगदीशपुर तालमा नेपालमा पाइने ८ सय ८८ प्रजातिकामध्ये यहाँ १ सय ६७ बढी प्रजातिका चरा पाइने आइयुसीएनले जनाएको छ । विश्व दुर्लभ मानिएका ११ प्रजातिका चरा सजिलै देख्न पाईने पंक्षी संरक्षण संघले जनाएको छ । तालमा हरिहाँस, श्वेताखीभांै, खोयाँ, सेतो साँवरी र जलअप्सरा प्रसस्त देख्न पाइन्छ । तर, मनमोहक देखिने बेल्चा ठुँडे, नादुन र फुर्के हाँस पनि देख्न पाइन्छ । तालमा जाडोका बेला हजारौं आगन्तुक चरा छपक्कै देखिन्छ । असोज दोस्रो साताबाट आउने चराहरू फागुन पहिलो साता फर्कन थाल्छन् । ताल आसपास घाँसे मैदानमा पाइने सानो दुर्लभ काँसे घाँसे चरीदेखि उड्न सक्ने चरामा सबैभन्दा अग्लो दुर्लभ सारस यहाँ प्रशस्त देखिन्छन् ।

    images
    images
    images

    Bird_Manoj Paudel_ Photo_9.JPG

    यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत मुलुकबाट चरा आइपुग्छन् । यहाँ हिउँदे प्रजातिका गडवाल, बिजुला गैरी र युरेसिया विजनदेखि हँस प्रजातिका सुनजुरे, मालक, चखेवाचखेवी र खड्खगे चरा प्रशस्त देखिन्छन् । त्यस्तै घाँसे मैदान मन पराउने ट्याकट्याके र टिकटिके, कैलो टाउँके, सुडसुडिया, कालीजुरे, सिउरे डुबुल्की चरा, जलेवा ठूलो जलेवा पनि प्रशस्त देखिन्छ ।

    मनमोहक देखिने तालमा चराको जलविहार, चिरविराहट र कलरव जलक्रीडाले मानवीय जीवनलाई निकै रोमाञ्चित बनाउने शिकारी चराविद् डा. तुल्सी सुबेदीको अनुभव छ । उनको भनाईमा जगदीशपुरले कोसी टप्पुलाई मात खुवाउन थालेको छ । जति चरा यहाँबाट सजिलै देखिन्छ, त्यति चराको स्वर्ग मानिने कोसीमा पनि देखिदैन् । एक दुईघण्टामा ४० देखि ५० बढी प्रजातिका चरा सजिदै देखिन्छ । यसलाई संरक्षण गरि जोगाइराख्न सकियो भने मुलुकको मात्र नभई विश्वमै चरा अवलोकनको उत्कृष्ट गन्तव्य बन्ने उनको निष्कर्ष छ । नेपालमा हिउँदे आगन्तुक जलपंक्षी गणना हुदा वर्षेनी ५० देखि ५५ हजार चरा हुदै आएकाछन् । त्यस मध्ये १५ देखि २० हजार जगदीशपुरमा हुने गर्छ । 

    तालको चारैतर्फ खेत र बालीनाली हुने हुँदा यहाँ प्रशस्त आहारविहार पाइने र सुरक्षित महसुस गरेकाले चराको संख्या बर्सेनि बढ्दै गएको छ । जगदीशपुर ताल नेपालमै सबैभन्दा बढी आगन्तुक चरालाई आश्रय दिने स्थल बनेकोे चराविद् टिकाराम गिरी बताउँछन् ।

    तीन–चार वर्षयता जगदीशपुर ताल एकै ठाउँबाट एकैपटक सबैभन्दा धेरै चरा अवलोकन गर्ने ठाउँ भएको सर्प तथा कछुवा विशेषज्ञ डा. करणबहादुर शाह बताउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि जगदीशपुरमा भने चरा बढ्नु राम्रो वातावरणको संकेत भएको उनको भनाई छ ।

    कपिलवस्तु नगरपालिका ९ र १० वार्डमा पर्ने जगदीशपुर ताल हजारौं चराचुरुंगीको बासस्थान हुन थालेपछि सन् २००३ मा यस क्षेत्रको संरक्षणका लागि सरकारको पहलमा रामसार सचिवालयबाट विश्व सिमसार क्षेत्रको रूपमा सूचीकृत भएको थियो । कृत्रिम रूपमा बनाइएको ताल नेपालको सबैभन्दा ठूलो हो । ताल १ सय ५७ हेक्टरमा रहेको छ । 

    कपिलवस्तु नगरपालिका–३, देवानगढियाको एक हेक्टरलाई चमेराको विशेष संरक्षण क्षेत्र बनाइएको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक संरक्षण क्षेत्र घोषणा गरिएको यो नेपालमा पहिलो भएको संरक्षणकर्मी डा. सलु अधिकारी बताउँछिन् । अझ चमेराको त मुलुककै पहिलो संरक्षण क्षेत्र भएकाले यसको महत्व बढेको  उनले बताईन् । यहाँ पाचसयभन्दा बढी राज चमेरा छन् ।

    ठूलो बथानमा ओथारो बसेको हेर्न मन लागे रूपन्देहीको कंचन गाउँपालिका, स्थित नन्दननगर गाउँको सिमलको रूखमा जान सकिन्छ । त्यहाँ साउन–भदौतिर २ सय ५० भन्दा बढी जोडी घु“गीफोर गरुड ओथारो बसेका हुन्छन् । नेपालमा करिब १० हजारको संख्यामा रहेका अनुमान गरिएको घुँगीफोर रूपन्देही र कपिलवस्तुमा मात्र तीन हजारभन्दा बढी छन् । संकटापन्न हु“दै गएको चराको ठूलो संख्या देखिनु राम्रो संकेत भएकाले चराविद्हरू खुसी छन् ।

    दुवै जिल्ला चरा हेरेर आनन्दित हुनेलाई मात्र नभई अध्ययन–अनुसन्धानका लागि पनि उत्कृष्ट स्थल बनेको छ । ५ वर्षदेखि अस्ट्रेलियाको चाल्र्स स्टर्ट विश्वविद्यालयका वातावरण विज्ञानका विद्यार्थी सय पूर्णांकको अन्तर्राष्ट्रिय प्रयोगात्मक अध्ययनकालागि कपिलवस्तु र रूपन्देहीका ताल, खोला, सिमसार र घाँसे मैदान आइपुग्छन् । उनीहरू तराईमा स्थानीय समुदायले चरा र सिमसारको संरक्षण गरेको देखेर फुरुंग हुन्छन् । लोभिदै खुसी भएर दंग परेर फर्कन्छन् । कोरोना भाईरस संक्रमणकारण निषेधाज्ञाले कोलाहल र वातावरण प्रदूषण नहुदा रैथाने र आन्तरिक बसाई सरेर आउने चराको चिरविर र कोकिल कण्ठे बोली पनि घर आगन, ढोका र झयालमै सुनिन थालेकाछन् । ‘उन्मक्त वातावरणमा चराहरु विचरण गरिरहेका छन्,’ चराविद् सोम जिसीले भने, ‘यस्ले घरआगनबाटै चराको आनीबानी र चिरविराहट सुन्न पाउदा रमाईलो लागेकोछ ।’ यस्ले मानिसलाई आनन्दित र स्वस्थ्य बनाईरहेकोछ उनले भने । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij