images

शनिवार, बैशाख ८ गते २०८१

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

images
images
images
सोमवार, कार्तिक १ २०७८
सोमवार, कार्तिक १ २०७८
  • आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

    म्याग्दी, १ कात्तिक । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।

    images
    images
    images

    होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।”

    बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।

    बडादसैँको टीकाको भोलिपल्टदेखि काठमाडौँ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हँुदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढेको बताए ।

    पछिल्लो दुई दिनयता दैनिक ५०० बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवतजावत गरिरहेका उनले बताए । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

    करिब दुई बर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाले स्थानीयवासीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएका थिए । भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवारसहित आउनुभएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले ‘रिफ्रेस’ बनाएको प्रतिक्रिया दिए । गत भदौ २३ गतेदेखि मुस्ताङ र गत असोज १ गतेदेखि जिल्लाका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइएको थियो । 

    मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी–जोमसोम सडकमा जाम हुन थालेको छ । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक भासिदाँ साँघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवतजावत प्रभावित हुने गरेको छ ।

    बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवतजावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जनाएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij