२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत 

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं, ४ कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकी हुन् ।

गत २४ असोजमा  बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउँदै उनले अहिले एमालेमाथि आक्रमण भइरहेको बताइन् ।

प्रदेशसभामा एक सय नौ सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा ९एकीकृत समाजवादी०सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् ।