images

शनिवार, बैशाख २२ गते २०८१

नेपाल हिन्दू राष्ट्र नै किन ?

नेपाल हिन्दू राष्ट्र नै किन ?

images
images
images
शुक्रवार, आश्विन १६ २०७७
शुक्रवार, आश्विन १६ २०७७
  • नेपाल हिन्दू राष्ट्र नै किन ?
    आजको यो विज्ञान र प्रविधि सहितको २१ औं शताब्दीमा पनि धर्म सापेक्ष राष्ट्रको कुरा गर्दा कताकता यो पुरातन संस्कृति बोकेको, विकास विरोधी, आफ्नोबाहेक अन्य धर्मको विषयमा कुरा गर्न नसक्ने भन्ने कुराहरु केही आफुलाई सुकिला मुकिला भद्र–भलाद्मी र हुने खानेहरु अनि राजनीतिको खोल भिरेर देशलाई डुबाउन खोज्ने भ्रष्टाचार र व्यभिचारमा रमाउन खोज्नेहरुबाट नआउला भन्न सकिन्न । त्यस्तालाई त म सम्मान नै गर्दछु किनकी उनीहरुले त्यही राजनीतिको खोल ओडेर देशलाई बेच्न, चेलिबेटीलाई असुरक्षित गर्न, भ्रष्टाचार गर्न सिक्ने खालको अध्ययन सामाग्री देखेका छन्, सुनेका छन् र त्यस्तै व्यवहार प्रस्तुत गर्दा आफुलाई महान ठान्ने गर्दछन् । यो महानताको लागि नै त उनीहरु उपहार पाइरहेका छन् त्यो हो जनताको तिरस्कार । किन यस्तो गलत व्यवहारहरु भइरहेको छ राष्ट्रमा भने हामी गलत शिक्षा नीतिबाट प्रेरित छौ । हामी भ्रष्टाचारीलाई किन गाली गर्ने ? गाली त त्यसलाई गर्नुपर्दछ जसले भ्रष्टचारीलाई जन्मायो, मलजल ग¥यो र उनीहरुलाई संरक्षण ग¥यो । अहिले खुब सुनिन्छ नेताले देश विगारे, खाय, बेचे आदिआदि तर त्यही नेतालाई चुनावमा मन्दिरमा बसेको भगवानको मुर्ति भन्दा पनि ठूलो बनायो कसले ? अर्को पार्टीका उम्मेदवार भ्रष्टाचारी रे आफ्नो पार्टीको चै सदाचारी । यो खालको शिक्षाबाट नै राष्ट्र अहिले ठूलो खाडलमा जाने खतरा देखिएको छ । देख्दा त हो रेल आएको छ, पहाड पहाडमा बाटो पुगेछ, रानीपोखरी बनेछ, धरहरा बनेछ, विमास्थलहरु बन्दैछन् यस्तै यस्तै तर यो भौतिक सुविधाको संग संगै आध्यात्मिक चेतना खै ? यदि आध्यात्मिकलाई धार्मिक शब्द भने पनि आत्मिक चेतना शुन्य जस्तै छ, किन ? के भौतिक सुविधा मात्र परम सुख हो ?
     
    प्रकृतिको सुन्दर एवम् अनुपम उपहार भएको विश्वका केही मात्र देशहरु होलान जसमा नेपाल पनि पर्दछ । प्रकृतिसंगसंगै आध्यात्मिक र मानव सभ्यताको मुल अनि विश्वलाई नै बन्धुत्वको पाठ सिकाउने सनातन संस्कृतिको उद्गम् स्थल पनि नेपाल नै हो ? यहाँका विभिन्न संस्कृतिक विविधता, जातजाति, भाषा, भेषभुषा, चाडपर्व र धार्मिक सहिश्रणुता यो विश्वमा अनुपम नै छ । यस्तो खालको विविधता भएको राष्ट्रमा पनि कुनै प्रकारको जातीय विभेद, धार्मिक द्वन्द्व केही पनि छैन । आखिर किन त ? भने यो नै हामी नेपालीको पहिचान हो । हाम्रो भाषा फरक होला, संस्कृति फरक होला, धर्म फरक होला, हिमाली, पहाडी मधेशी हौला तर विभेद पक्कै छैन । अब यस्तो समानता र विविधता भएको राष्ट्र किन हिन्दू राष्ट्र नै हुनप¥यो त ? यस खालको प्रश्नहरु आउछन् नै तर पनि म भन्छु नेपाल हिन्दू राष्ट्र नै हुनु पर्दछ किनकी यो विश्वको एक मात्र हिन्दु राष्ट्र हो । सनातन संस्कृति भनेको नै हिन्दू हो र हिन्दु भनेकै सनातन संस्कृति हो । यस धर्ममा जो कोही पनि सुरक्षित हुन सकिन्छ । नेपाल िहन्दू राष्ट्र हुँदा यहाँका बहुसंख्यक आदिवासी जनजातिहरु, बहुआयामिक संस्कृति र परम्पराहरु, यहाँका प्राकृतिक सम्पदा, यस देशमा बसोवास गर्ने सबै धर्म, सम्प्रदाय र जातजातिको रक्षार्थ हिन्दू धर्मको विकल्प छैन । अन्य सम्प्रदायमा अरुको संस्कृति र इतिहासलाई मेटाउने प्रयास गरिन्छ तर हिन्दुहरुमा त्यो भावना छैन् । विश्वमा करिब करिव ८६ राष्ट्रहरु ईसाई छन् जसमा १५ वटा राष्ट्र जस्तै अर्जेटिना, कोस्टारिया, डेनमार्क, ग्रिस आदि त प्रत्यक्ष रुपमा चर्चबाट नै सञ्चालित छन् । त्यसै गरी करिब ४८ ओटा राष्ट्र मुस्लिम छन्, करिव ८ राष्ट्र त बौद्धिष्ट छने भने करिब डेढ करोडको हाराहारीमा रहेको यहुदीहरुको समेत आफ्नो छुट्टै पहिचानसहितको एउटा देश रहेको छ । त्यसैले करिब १५० अरव हिन्दूहरु भएको विश्वमा किन एउटा हिन्दू राष्ट्र हुन नसक्ने ? जनसंख्याको हिसाबमा पनि नेपालमा हिन्दू बाहुल्य रहेको र सांस्कृतिक भाषिक रुपमा पनि यो देश हिन्दू सापेक्ष हुनु पर्ने हुन्छ ।
     
    हिन्दू राष्ट्र नेपाल रहँदा कुन धर्म सम्प्रदाय, संस्कृतिको रक्षा भएको दिएन ? कसले नेता मन्त्रीप्रधानमन्त्री बन्ने अवसर पाएनन् ? के यहाँ कुनै मन्दिरको मठाधिश वा कुनै पिठको पिठाधिश मात्र मन्त्री, प्रधानमन्त्री हुने परम्परा छ र ? के वेद गितामा हात राखेर कसम खाने प्रचलन छ ? त्यसैले नेपाल हिन्दू राष्ट्र हुनुपर्दछ । त्यस पछि नेपालमा रहेका विभिन्न धार्मिक तथा संस्कृति पहिचान बोकेको क्षेत्रहरुमा विश्वभरी छरिएर रहेका करिब १५० अरव हिन्दूहरुको १ प्रतिशत मात्र पनि वार्षिक रुपमा नेपाल आए भने यसले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याउन सक्छ । नेपाल सनातन संस्कृतिको मूल थलो हो र सनातन संस्कृति भन्नु नै प्रकृति हो त्यसैले नेपालको प्रकृति र संस्कृति अथवा हिन्दू संस्कृति र सभ्यताको अध्ययन गर्न चाहने अन्य धर्म सम्प्रदायका व्यक्ति वा समुहहरुका लागि यो देश अनुसन्धान गर्ने एउट महत्वपूर्ण स्थलको रुपमा छ उनीहरुलाई यहाँ आउने वातावरण बनाउन पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ । यसै पनि हाम्रो देश नेपाल विश्वको सवै भन्दा अग्लो चुचुरो सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थान, विश्वको सवै भन्दा अग्लो स्थानमा रहेको तालतिलिचो, शालीग्राम पाइने एक मात्र नदी जस्ता धेरै उदाहरणहरु छन् जुन विश्वको नमुना छ । यसमा विश्वको एक मात्र हिन्दू राष्ट्र पनि थपिए कुनै पनि घाटा छैन । यस्तो सुन्दर संरचना भएको नेपाललाई २०६३ सालको अन्तरिम संविधानले धर्म निरपेक्ष भन्ने विउ रोपेर सारा हिन्दूहरुको आस्थामा चोट पु¥यायो । आश ाथियो नेपालको संविधान २०७२ मा त पक्कै पनि नेपाल एक धार्मिक स्वतन्त्र विश्वको एक मात्र हिन्दू राष्ट्र रहने छ भनी उल्लेख हुन्छ भनेर तर त्यो आशा पनि नेपालका राजनीतिक दलहरुले निराशा बनाइदिए । करोडौ खर्च गरेर संविधानको सुझाव संकलन गर्ने कार्य भयो सो समयमा धेरै भन्दा धेरै नेपालीले सुझाव दिने क्रममा हिन्दू राज्यको माग पनि गरे तर सुझावको कुनै पनि बुँदा संविधानसभामा प्रस्तुत भएन, देख्दा बाहिरी इसाराबाट सञ्चालित भएझै संसदमा ताली मात्र बजाइयो, भत्ता मात्र पचाइयो ।
     
    यदि नेपालका यी तत्काल संविधान सभामा रहेका सवै राजनीतिक दलहरुले देशलाई पराई संस्कृतिमा सुम्पन चाहेका होइनन् भने त्यो संविधान सुझावको पेटीहरु खोलुन र जनतालाई स्पष्ट बनाउन् । त्यो हिम्मत छ त ? त्यो बेलाका असल र नैतिकवान संसादहरु पनि थिए होलान् जो हिन्दू राष्ट्रको पक्षमा भएका तर उनीहरु पनि पार्टीको ह्ईपलाई मानी राष्ट्रियतालाई खतरामा हाल्ने षड्यन्त्रमा हाम फाले । कम्यूनिष्टहरु त सुुरुदेखि हिन्दु राष्ट्रको पक्षमा थिएनन् किनकी उनीहरुको सिद्धान्तमा न राष्ट्र हुन्छ, न धर्म हुन्छ, न जात तर त्यो बेलामा सबैभन्दा ठूलो पार्टी जसले आफुलाई निकै प्रजातान्त्रिक ठान्छ कांग्रेस पनि मौन बस्नु कहाँसम्मको नैतिकता हो ? अभ mअचम्मको कुरा त हिन्दूकै नारा बोक्ने, गाईलाई चुनाव चिन्न लिने कमल थापाको राप्रपा संसद बाहिर विरोध गर्ने संसद भित्र चुप बसेको देखियो । अझ उपप्रधानमन्त्री पाएपछि त के को हिन्दू राष्ट्र खाली पदको मात्र भोगि देखिए । यस दृष्टीकोणबाट हेर्दा नेपालका करिव करिव सबै पार्टीहरु कही न कही विदेशीको इसारामा नेपालको संस्कृतिलाई समाप्त पार्ने र आफ्ना परिवारका नाममा सम्पत्ति जोड्नेबाहेक केही गरेको देखिदैन । 
     
    अन्त्यमा, नेपालका मौलिक संस्कृतिलाई बचाइराख्न र विश्वको नेतृत्वदायी भूमिका निभाउनको लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गरी शैक्षिक नीतिहरुलाई सुधार गर्नुपर्ने देखिन्छ । संस्कृत शिक्षा, योग तथा ध्यान, आयुर्वेद, नैतिक शिक्षा जस्ता विषयहरुलाई महत्वका साथ सानै कक्षादेखि सञ्चालन गर्न सके पक्कै पनि देशको भविष्य उज्जवल हुने थियो । जबसम्म हामी आफ्नो संस्कृति पहिचान, मौलिक परम्परा र नैतिकता बाललबालिकामा दिन सक्दैनौ त्यो कहिल्यै नैतिकवान हुन सक्दैन, अनि भोलि त्यही बालबालिका राज्य सञ्चालन गर्ने ठाउँमा पुग्छ र आफुले सिकेकै विदेशी शिक्षालाई लागु गर्दछ अनि कसरी सम्भव छ देश निर्माण । त्यसैले हिन्दू राष्ट्रको निर्माण र सोही अनुसारको आचरण र व्यवहार गर्ने व्यक्तित्वको निर्माण नै आजको नेपालको आवश्यकता हो यसमा सवैको एकमत हुन जरुरी छ । जयश्री राधे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij