
बिहिवार , कार्तिक ११, २०७८
भैरहवा, ११ कात्तिक ।
भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्ध मुर्ति कार्तिक १४ गते अनावरण हुने भएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन गु्रपको सहयोगमा निर्र्मित बूद्ध मूर्र्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
सिद्धार्थ उद्योगा वाणिज्य संघ, रुपन्देही र लुम्बिनी होटल संघ, नेपालको संयोजन, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वय तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा भैरहवामा भएको पत्रकार सम्मेलनमार्फत मूर्ति अनवरण कार्यक्रमबारे जानकारी गराएको छ । आइतबार साढे १२ बजे राष्ट्रपति भण्डारीले मूर्ति अनावरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।
बुद्ध मूर्तिलाई शनिबार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउण्डेशनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी यो बुद्ध मूर्ति ल्याइएको फाउण्डेशनका महासचिव एकराज गिरीले बताए । मूल्यको तुलना गर्न नसकिने यो मूर्ति म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर बनाएका हुन ।
वाइडजेड स्टोन बाट बनेको बुद्ध मूर्ति १ हजार ८ सय केजीको छ । मूर्ति १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । म्यानमारका भिक्षुहरुले विदाई गरी नेपाल पठाएको मूर्ति ईशापुर्व ५ सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वसाका साथ उक्त ठाउँको खानीबाट निस्केको बहुमूल्य ढुंगाबाट निर्माण भएको फाउण्डेशनले जानकारी दिएको छ ।
मूर्तिलाई १४ गते स्थानीय तहमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । नेपाल र गौतमबुद्ध जन्मस्थल चिनाउनका लागि फाउण्डेशनले मूर्तिलाई निर्माणाधिन विमानस्थलको आवगमन क्षेत्रमा राखिने व्यवस्था मिलाएको फाउण्डेशनका महासचिव एकराज गिरीले बताए ।
विमानस्थलमा आउने सबै नागरिक बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन नगर्ने भएकोले विमानस्थलबाट आवगमन गर्ने जो कोहीले पनि बुद्धको दर्शन गरुन भन्ने उद्देश्यका साथ विमानस्थलको आगमन र प्रस्थान कक्षको बीचमा रखिने गरी तयारी भइरहेको फाउण्डेशनले जनाएको छ । स्पेनले यस परकारको मूर्ति अहिलेसम्म हङकङ, भुटान र स्पेनमा राखे पनि बुद्धिष्ट १६ वटा देश्मा पुर्याउने लक्ष्य लिएको छ । जसको समन्वय फाउण्डेशनले गरिरहेको छ ।
फाउण्डेशनले धार्मिक क्षेत्रमा मात्र नभइ स्वास्थ्य, खेलकुद, फोहोर पञ्सोधन, कृषि लगायतका क्षेत्रमा नेपालमा केन्द्रित भइ काम गर्ने फाउण्डेशनले जानकारी दिएको छ । जसअन्तर्गत लुम्बिनीमा स्वास्थ्य क्षेत्रका लागि शिविर सञ्चालन र अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको नगरप्रमुख चौधरीले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगरका नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij