
शनिवार , आश्विन १७, २०७७
बुटवल १७ असोज। प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङको देउखुरी क्षेत्रमा सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश गरिएको प्रस्ताव प्रती होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले सुबिधासम्पन्न, राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफ्ना सुबिधा सम्पन्न भवन समेत सरकारलाई उपलब्ध गराएको अबस्थामा रुपन्देहीबाट सारेर दाङ लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघले ठहर गरेको छ ।
विज्ञप्तिमा प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तो सुकै आन्दोदन गर्न र सडकमा सुन्त सुत्न समेत बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ ।
संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधवकुमार खनालद्वारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन भएको ठहर समेत गरिएको छ ।
विज्ञप्तिमा राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको उललेख गरिएको छ । देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आकलन नर्गन र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij