images

बिहिवार, बैशाख १३ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा वार्षिक कार्ययोजना सार्वजनिक

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा वार्षिक कार्ययोजना सार्वजनिक

images
images
images
बुधवार, कार्तिक १७ २०७८
बुधवार, कार्तिक १७ २०७८
  • उद्योग व्यापार संगठन रुपन्देहीद्वारा वार्षिक कार्ययोजना सार्वजनिक

    भैरहवा, १७ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीले २९ बुँदे वार्षिक कार्ययोजना प्रस्ताव गरेको छ । संगठनको कात्तिक १२ देखि १४ गतेसम्म बर्दिया ठाकुरबाबा नगरपालिका–९ स्थित ठाकुरद्वारामा सम्पन्न वार्षिक कार्ययोजना बैठकले २९ बुँदे कार्ययोजना प्रस्ताव गरेको हो । त्यस्तै वार्षिक कार्ययोजना बैठकले दुई वर्षे कार्यकालको लागि विभिन्न १८ वटा उपसमिति गठन गरेको छ ।

    images

    संगठनले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी वार्षिक कार्ययोजनाबारे जानकारी गराएको छ । वार्षिक कार्ययोजनामा संगठनले जिम्मेवारी समेत तोकेको छ । जसअनुसार उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिकाका राजस्व परामर्श समिति अन्तर्गत निर्धारण गरिने दर, आर्थिक वृद्धि निजी क्षेत्रका समस्या, सल्लाह, सुझाव पेश गर्ने, समग्र रुपन्देहीको विकास, भैरहवा क्षेत्रको विकास÷राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छलफल, डेलिगेशन÷अन्तरक्रियाको संयोजकमा सचिवालय, भैरहवा मण्डपका लागि आवश्यक जग्गा पहिचान गरी सरकारसंग पहल गर्ने संयोजकमा संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, सह–संयोजकमा खिम बहादुर खत्री, संगठनमा दर्ता भएका सदस्यहरुको फर्ममा कुनै आकस्मिक घटना (चोरी, आगलागि) भएमा उपस्थित भइ संगठनमा प्रतिवेदन पेश गर्ने (राहत समिति)को संयोजकमा सचिन रोक्का, सह–संयोजकमा राम मिलन यादव, सदस्यमा मधुसुदन अर्याल र उद्योग उपसमितिमा रामचन्द्र रेग्मी रहेका छन् ।

    त्यसै गरी व्यापार उपसमितिमा कृष्ण बहादुर गुरुङ, शिक्षा तथा स्वास्थ्य उपसमितिमा टिकाराम भट्टराई, कृषि प्रवद्र्धन उपसमितिमा राम प्रसाद भण्डारी, पर्यटन प्रवद्र्धनमा गणेश प्रसाद बेल्बासे, महिला उद्यमी प्रवद्र्धनमा बिन्दु न्यौपाने  र खेलकुद प्रवद्र्धन उपसमितिमा यादव प्रसाद आचार्य रहेका छन् ।

    त्यस्तै नेतृत्व विकासमा मधुसुदन अर्याल, व्यवस्थापक÷लेखा तालिममा सुरेन्द्र पाण्डे, कर शिक्षामा केशवराज ज्ञवाली, शुभकामना आदानप्रदान कार्यक्रममा माया शर्मा खनाल, वृक्षारोपणमा मिनिता थापा, सरसफाईमा लक्ष्मी अधिकारी, निःशुल्क स्वास्थ्य शिविरमा सन्तोष शुक्ला, रक्तदानमा प्रकाश श्रेष्ठ, क्यालेण्डर प्रकाशनमा राम प्रसाद सापकोटा, उद्योगी सीप विकास तालिममा दिनेश अग्रवाल, संघ–संस्थासंग सम्बन्ध विस्तारमा पिताम्बर न्यौपाने, राष्ट्रियस्तरको महोत्सव, खडक खाना महोत्सवमा सचिवालय, बैंक तथा वित्तीयसम्बन्धी कार्यक्रकको संयोजकमा सुरेन्द्र त्रिपाठी, सह–संयोजकमा कृष्ण पाण्डे रहेका छन् ।
    त्यसै गरी रक्तदानसम्बन्धी जनचेतना कार्यक्रममा यादव प्रसाद आचार्य, बजार अनुगमन तथा सहजीकरणमा कृष्ण प्रसाद पाण्डे, उद्योगी व्यवसायी घरदैलो भेटघाट, दर्ता नविकरण तथा समस्या टिपोट कार्यक्रमको संयोजकमा दर्पण श्रेष्ठ, सदस्यमा रामचन्द्र रेग्मी, कृष्ण बहादुर गुरुङ, सचिन रोक्का, राम मिलन यादव र मधुसुदन अर्याल रहेका छन् ।

    त्यस्तै संगठनले १८ वटा उपसमिति गठन गरेको महासचिव सचिन रोक्काले बताए । जसअन्तर्गत अनुगमन तथा मूल्यांकन समितिको संयोजकमा नारायण प्रसाद भण्डारी, सह–संयोजकमा खिम बहादुर खत्री, उद्योगी व्यवसायीको गुनासो सुन्ने÷छलफल गराउने÷डेलिगेशन जाने उपसमितिको संयोजकमा दर्पण श्रेष्ठ, सदस्यमा केशवराज ज्ञवाली, गणेश बेल्बासे, उद्योग प्रवद्र्धन उपसमितिको संयोजकमा रामचन्द्र रेग्मी, सह–संयोजकमा दिनेश अग्रवाल, सदस्यमा राम थापा, व्यापार प्रवद्र्धन उपसमितिको संयोजकमा कृष्ण बहादुर गुरुङ, सह–संयोजकमा अर्जुन कुँवर, सदस्यमा विरेन्द्र ज्ञवाली, धु्रव लाम्गादे, सचिवालय उपसमितिको संयोजकमा महासचिव सचिन रोक्का, सह–संयोजकमा टिकाराम भट्टराई र लक्ष्मण भण्डारी रहेका छन् ।

    त्यस्तै आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा कोषाध्यक्षमा राम मिलन यादव, सह–संयोजकमा कोषाध्यक्ष मधुसुदन अर्याल, सदस्यमा सचिवालय सदस्य सुरेन्द्र पाण्डे, सूचना तथा सञ्चार उपसमितिको संयोजकमा लक्ष्मण भण्डारी, सह–संयोजकमा रबिन्द्र गुप्ता, कृषि प्रवद्र्धन उपसमितिको संयोजकमा राम प्रसाद भण्डारी, सह–संयोजकमा राजेन्द्र कुमार गुप्ता, सदस्यमा तुल्सीराम पराजुली, रामप्रसाद पन्त, पर्यटन प्रवद्र्धन उपसमितिको संयोजकमा गणेश प्रसाद बेल्बासे, सह–संयोजकमा राजेश महोत्रा, कृष्ण पाण्डे तथा महिला उद्यमी प्रवद्र्धन उपसमितिको संयोजकमा बिन्दु न्यौपाने, सह–संयोजकमा कल्पना न्यौपाने, माया शर्मा खनाल, मिनिता थापा र लक्ष्मी अधिकारी रहेका छन् ।

    त्यसै गरी शिक्षा प्रबद्र्धन उपसमितिको संयोजकमा टिकाराम भट्टराई, सह–संयोजकमा मिनिता थापा, स्वास्थ्य प्रवद्र्धन उपसमितिको संयोजकमा सन्तोष शुक्ला, सह–संयोजकमा प्रमोद ज्ञवाली, माया शर्मा खनाल, दुर्गा मरासिनी, कृष्ण पोखरेल, बजार प्रवद्र्धन तथा दर्ता नविकरण समितिको संयोजकमा दर्पण श्रेष्ठ, सह–संयोजकमा सुमन न्यौपाने, सदस्यमा चिरिञ्जीवी राउत, महबुब अन्सारी, अब्दुल कैयम, कल्पना न्यौपाने, अर्जुन बहादुर अधिकारी, रवि शंकर वर्मा र अर्जुन कुँवर रहेका छन् ।

    त्यस्तै युवा तथा खेलकुद प्रवद्र्धन उपसमितिको संयोजकमा यादव प्रसाद आचार्य, सह–संयोजकमा शिवध्वज राई र सदस्यमा सुभाष रिजाल, प्रेस सहजीकरण संयोजकमा रबिन्द्र गुप्ता, सदस्यमा दुर्गा प्रसाद अधिकारी, बैंक, बीमा तथा वित्तीय संस्था समन्वय उपसमितिको संयोजकमा सुरेन्द्र त्रिपाठी, कृष्ण पाण्डे, नेपाल भारत व्यापार सहजीकरण उपसमितिको संयोजकमा सचिन रोक्का, सह–संयोजकमा अर्जुन गिरी, राम अवध गुप्ता, सदस्यमा अर्जुन कुँवर, बाल बहादुर घिमिरे तथा बजार अनुगमन तथा सहजीकरण उपसमिति संयोजकमा कृष्ण प्रसाद पाण्डे रहेका छन् ।

    संगठनले ४ वटा क्षेत्रगत उपसमिति गठन गरेको छ । जसअन्र्तगत रोहिणी गाउँपालिकाको संयोजकमा भोला बहादुर क्षेत्री, ओमसतिया गाउँपालिका र तिलोत्तमा (कोटिहवा)सम्म उपसमितिको संयोजकमा राम प्रसाद सापकोटा, सह–संयोजकमा विष्णु उपाध्याय, मायादेवी, शुद्धोधन, सियारी गाउँपालिकाको संयोजकमा जीवन ज्ञवाली, सह–संयोजकमा दिनबन्दु खनाल, मर्चवारी, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको संयोजकमा प्रभु यादव रहेका छन् ।

    क्षेत्रगत उपसमितिहरुलाई क्षेत्र विस्तार उपसमिति निर्माण गर्ने तथा प्रत्येक वर्ष एउटा कार्यक्रम गर्ने जिम्मवारी दिइने गरी गठन भएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । संगठनले मेला मुल समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । मेला÷महोत्सवको मिति पछि सचिवालयले तोक्ने गरी समिति/उपसमिति गठन गरिएको संगठनका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

    जसअन्तर्गत मेला मूल आयोजक समितिको संयोजकमा अनिल कुमार ज्ञवाली, मूल आयोजक समिति सह–संयोजक तथा सांस्कृतिक र व्यवस्थापन उपसमिति संयोजकमा नारायण प्रसाद भण्डारी, अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा खिम बहादुर खत्री, प्रमुख अतिथि सरकारी कार्यालय, मन्त्रालय, समन्वय समितिको संयोजकमा सचिवालय, मूल आयोजक सह–संयोजक तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा दर्पण श्रेष्ठ, मुल आयोजक सह–संयोजक तथा स्टल दर्ता व्यवस्थापन उपसमिति संयोजकमा रामचन्द्र रेग्मी, मूल आयोजक सह–संयोजक र प्रचारप्रसार तथा यातायात उपसमिति संयोजकमा कृष्ण बहादुर गुरुङ रहेका छन् ।

    त्यस्तै सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा सचिन रोक्का, आर्थिक व्यवस्थापनमा राम मिलन यादव, औद्योगिक जनचेतना ¥याली व्यवस्थापनमा टिकाराम भट्टराई, स्टल निर्माण व्यवस्थापनमा लक्ष्मण भण्डारी, परिचयपत्र तथा छपाई व्यवस्थापनमा मधुसुदन अर्याल, मूल्य अनुगमनमा सुरेन्द्र त्रिपाठी, गेट, टिकट व्यवस्थापनमा सुरेन्द्र पाण्डे, विज्ञान व्यवस्थापनमा केशवराज ज्ञवाली, मुद्रण, डिजाइनर तथा छपाई व्यवस्थापनमा दिनेश गुप्ता, खाना नास्ता व्यवस्थापनमा पिताम्बर न्यौपाने, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा कृष्ण गुरुङ (अनिल), सह–संयोजकमा राजेश महोत्रा, स्थानीय बजार प्रवद्र्धन समितिमा जीवन ज्ञवाली, कुस्ती व्यवस्थापनमा प्रभु यादव, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापनमा विन्दु न्यौपाने रहेका छन् ।

    त्यस्तै खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा गौतम कुमार गुप्ता, अटो स्टल व्यवस्थापनमा धिरज मल्लिक, भैपरी आउने उपसमितिमा भोला क्षेत्री, विज्ञान प्रविधि तथा आई.टी. व्यवस्थापनमा सन्तोष शुक्ला, स्थानीय कलाकार व्यवस्थापनमा माया शर्मा खनाल, गेट मञ्च सचिवालय सजावटमा मिनिता थापा, श्रव्य दृश्य व्यवस्थापनमा विष्णु उपाध्याय, विद्युत व्यवस्थापनमा प्रकाश श्रेष्ठ, होटल स्टल व्यवस्थापनमा कृष्ण प्रसाद पाण्डे, अतिथि सत्कार व्यवस्थापनमा उषाकिरण गुरुङ, खेलकुद व्यवस्थापनमा यादव प्रसाद आचार्य, पार्किङ व्यवस्थापनमा राम अवध गुप्ता, कृषि स्टल व्यवस्थापनमा राम प्रसाद भण्डारी, स्मारिका प्रकाशनमा लक्ष्मी अधिकारी, प्राथमिक उपचारमा राम प्रसाद सापकोटा, आन्तरिक लेखा परिक्षणमा बाबुराम भट्टराई, बाल उद्यानमा गणेश प्रसाद बेल्बासे, प्रायोजक, सह–प्रायोजक, स्पोन्सर व्यवस्थापनमा दिनेश अग्रवाल, टेन्ट, साउण्ड व्यवस्थापनमा शिकन्दर अलि धुनिया र प्रेस सहजीकरण उपसमितिमा रबिन्द्र गुप्ता रहेका छन् ।

    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, कोषाध्यक्ष राम मिलन यादव, सचिव टिकाराम भट्टराई, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, उपाध्यक्ष सम्झना शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij