images

बिहिवार, बैशाख १३ गते २०८१

जगद्गुरु शंकराचार्यको आगमनले थपेको उत्साह

जगद्गुरु शंकराचार्यको आगमनले थपेको उत्साह

images
images
images
बुधवार, कार्तिक १७ २०७८
बुधवार, कार्तिक १७ २०७८
  • जगद्गुरु शंकराचार्यको आगमनले थपेको उत्साह

    भैरहवा। पुर्वान्नाय जगन्नाथपूरी गोवर्धन मठका पीठाधीस, परमपूज्य अनन्त श्री विभूषित जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराजको भैरहवामा यही मिति २०७८ कात्तिक महिनाको ७ गते आइतवार भएको आगमनले सनातन धर्मका अनुयायीहरुका लागि एक प्रकारको उत्साह र हौसला थपेको छ । सनातन संस्कृतिमा जगद्गुरु शंकराचार्यलाई भगवान शंकरको प्रतिकको रुपमा समेत लिने गरिन्छ । आद्यशंकराचार्यद्वारा स्थापित चार पिठहरु ज्योतिर्मठ उत्तराखण्ड, द्वारकामठ गुजरात, गोवर्धनमठ उडिसा र शारदा (श्रिंगेरी)मठ कर्नाटक रहेका छन् । यी चार मठहरुको स्थापनाको मुख्य उद्देश्य भनेको सनातन धर्मलाई विश्वभरी फैलाउने र विश्वलाई शान्ति प्रदान गर्ने रहेको छ । यी चार मठहरुलाई विशेष गरी चार वेदलाई रक्षा गर्ने प्रयोजन र सो वेदका आधारमा राज्य सञ्चालन र धर्म रक्षा गर्नको लागि स्थापित गराइएको हो । आद्यशंकराचार्यले सनातन धर्मका चार वेदहरु श्रिंगेरीमठलाई यर्जुवेद, गोवर्धनमठलाई ऋग्वेद, ज्योतिर्मठलाई अथर्वेद र द्वारकामठलाई सामवेदको संरक्षण र प्रचारका लागि स्थापना गर्नुभएको र त्यसका लागि आफ्ना चार विश्वास पात्र शिष्यहरुलाई शंकराचार्यको उपाधीप्रदान गरी क्रमशः श्रिंगेरीमठमा शुरेश्वाचार्य, गोवर्धनमठमा पद्मपादाचार्य, ज्योतिर्मठमा तोटाकाचार्य र द्वारकामठमा हस्तमालाकाचार्यलाई नियुक्त गरी सो क्षेत्रको सदैव संरक्षण र सम्वर्धनको जिम्मेवारी दिई सो शंकराचार्य परम्परालाई निरन्तरता दिन आदेश दिनुभयो । त्यस पछि नै उहाँहरु (पीठाधिसहरु)द्वारा सो क्षेत्रको संरक्षणका साथै शंकराचार्य पद्धतिलाई निरन्तरता दिँदै आइरहनु भएको हो । यी चार पीठहरुका साथ साथै कांचीपुरम, तामिल्नाडु अवस्थित कान्चीकामाकोटी मठलाई पनि भारतमा महत्वूर्ण शंकराचार्य मठको रुपमा लिइन्छ । यसका साथै धेरै यसका महत्वपूर्ण मठहरु रहेको पाइन्छ भारत वर्षमा ।

    images

    १४५ औं शंकराचार्यको रुपमा विभुषित अनन्तश्री विभूषित जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराज नेपाल भारत सिमानामा पर्ने भारतको उत्तर प्रदेशका विभिन्न स्थानहरुको भ्रमणको सिलसिलामा नेपालको लुम्बिनी क्षेत्रको दर्शन र यहाँका भक्तहरुका लागि आर्शिवचन प्रदान गर्ने हेतुले यही कात्तिक ७ गते भैरहवा आगमन हुने भइसकेपछि रुपन्देही क्षेत्रका साथै कपिलवस्तु, नवलपरासी लगायतका धार्मिक एवं आध्यात्मिक व्यक्तित्वहरुमा उत्साह हुन पुग्यो र उहाँको स्वागतको लागि विभिन्न चरणमा छलफल र बैठकहरु बसेर भैरहवा क्षेत्रका उद्योगी, समाजसेवी एवं धार्मिक व्यक्तित्वका साथ साथै उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेकी श्री कृष्ण प्रसाद शर्माको संयोजकत्वमा शंकराचार्य स्वागत समारोह मूल समिति निर्माण गरी सो अन्र्तगत विभिन्न उपसमितिहरु गठन गरी छोटो समयमा पनि त्यसको भब्यतम रुपमा कार्यक्रम सम्पन्न हुन पुग्यो । सो कार्यलाई निर्णायक बनाउनका लागि गुरु ब्यासाचार्य किशोर गौतमज्यूको महत्वपूर्ण योगदान रहनुका साथै भैरहवाका धेरैजसो धार्मिक सामाजिक व्यक्तित्वहरु, सामाजिक संघ–संस्था, लुम्बिनी प्रेस क्लबका साथै पत्रकारहरुको टोली, उद्योगी व्यवसायीहरु सवै शंकराचार्यको नेपाल आगमनलाई सफल बनाउने महत्वपूर्ण कडीको रुपमा सावित हुन पुग्यो ।

    वेदकाज्ञाता, गणितज्ञ हुनका साथै अतिविशिष्ट विद्धान समेत रहनु भएका शंकराचार्य किन नेपाल आउनुभयो त ? कसले निमन्त्रण ग¥यो ? उहाँ आउनुको मुख्य उद्देश्य के थियो ? लुम्बिनी क्षेत्रलाई नै उहाँले किन रोज्नु भयो त ? यति छोटो समयमा पनि यी ठूलो र महत्वपूर्ण कार्य कसरी सफल भयो त ? भन्ने प्रश्नहरु अवश्य छन् । यस प्रश्नहरुलाई म हिन्दू जागरण नेपालको केन्द्रिय सदस्य तथा स्वागत समारोह मूल समिति सदस्य र कार्यालय व्यस्थापनको तर्फबाट भन्नु पर्दाः नेपाल भारतको सीमाना नजिकैका उत्तरप्रदेशका केही स्थानहरुमा उहाँको कार्यक्रम तय भएको अवस्थामा स्वयं शंकराचार्यजीमहाराजले देवभूमि नेपालको लुम्बिनी क्षेत्र जहाँ स्वयं भगवान गौतमबुद्धको जन्म भएको स्थानमा दर्शन गर्ने मनसाय गराउनु भएकाले लुम्बिनी क्षेत्रमा उहाँका प्रभारी गुरु पे्रमचन्द्र झाजी सन्देशवहाक बनि नेपाल आई यहाँका धार्मिक एवं सामाजिक व्यक्तित्वहरुसंगको भेटघाट छलफलपछि यो कार्यलाई सफल बनाउन सवै भैरहवावासी र रुपन्देहीवासीहरु तदारुकताका साथ लागि भएको हो । परमपूज्य स्वामीको नेपाल आउनु प्रमुख लक्ष्य भनेकै देवभूमी, तपोभूमि, ऋषिहरुको तपस्या स्थल, वेदव्यासको भूमि, गौतमबुद्धको भूमिदर्शन गर्नु रहेको बुझिएको छ । ७ गतेको स्वामीजीको आगमन पश्चात उहाँका लागि कार्यक्रम संयोजकको घरमा नै निवास छनोट गरिएको थियो भने ८ गतेलाई “आध्यात्मिक जागरण विराट धर्मसभा”नाम दिई भैरहवामा रहेको महेन्द्र सभा गृहमा बृहत धर्मसभाको आयोजना गरिएको थियो । सो धर्म सभालाई सम्बोधनका साथ आर्शीवचन दिने क्रममा स्वामीज्यूबाट पटकपटक नेपाल हिन्दू राज्य थियो, हिन्दू राज्य हो, हिन्दू राज्य नै रहन्छ भन्ने कुरालाई जोड दिनुभएको थियो ।

    नेपाल सुरक्षित रहनु भनेको भारत पनि सुरक्षित रहनु हो, त्यसैले नेपाललाई सुरक्षित राख्नु भारतको पनि दायित्व हुन आउछ भन्ने आशय समेत व्यक्त गर्नुभएको थियो । धर्म निरपेक्ष शब्दलाई व्यंग्य गर्दै उहाँले आर्शीवचनको क्रममा निरपेक्ष शब्द हो यो अर्थ होइन भनी तर्क समेत पेश गर्नु भएको थियो । नेपालका धेरै पिठहरुका साधु सन्तहरु, विभिन्न धार्मिक गुरुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम सभ्य र भव्य रुपमा सञ्चालन भएको थियो । यति हुँदाहुँदै पनि भैरहवा क्षेत्रका केही सामाजिक व्यक्तिहरु, आफूले आफूलाई धार्मिक हुँ भनी प्रचार गर्ने केही व्यक्तिहरुको उपस्थिति नहुनु दुःखलाग्दो कुरा भने पक्कै हो । हो कसैले उहाँलाई भारतीय जोगीको उपमा दिए होलान्, कसैले भारतीय विस्तारवादी भने होलान्, कोही कसैले नेपाललाई हिन्दू राष्ट्र बनाउने उहाँ को हो ? समेत भन्न पछि परेनन् होला । तर एक हिन्दू वा सनातन संस्कृतिलाई आफ्नो मुल संस्कृतिको रुपमा स्वीकार गरेका हामी सम्पूर्ण नेपाली हिन्दूहरुका लागि शंकराचार्यको आगमन महत्वपूर्ण हो र थियो । शंकराचार्यको महत्व बुझेका र नबुझेकाबीचको यो फरकपन देखिएको यो कार्यक्रमले बुझ्न सकिन्छ । अझ कही कही हिन्दू धर्मलाई आफ्नो मात्र ठेकेदारी सम्झने र मठ मन्दिरहरुमा दलीय भागबण्डा गरी चुनाव गरेर प्रतिनिधि गर्ने व्यक्तिहरु यस्तो महत्वपूर्ण धार्मिक कार्यमा पनि समावेश नहुनु दुःखदायी हो । विभिन्न मन्दिरको समितिमा बस्ने, धार्मिक संघ–संस्थाहरु खोली नेता बन्ने तर राष्ट्रका लागि, धर्मका लागि समय दिन नसक्ने, अझ चोकचोकमा बसेर राष्ट्रियता र धर्मका कुरा गर्ने काम गर्न पर्दा पछाडी सर्ने व्यक्तिहरु नै नेपाल हिन्दू राष्ट्र हुनबाट रोक्ने तत्वहरु हुन् भन्दा फरक नपर्ला । उहाँ स्वामी निश्चलानन्द सरस्वतीज्यूको पुराना विभिन्न वक्तव्यहरु, आर्शीवचनहरु, भनाइ वा लेखहरुमा कहीकतै पनि नेपाल राष्ट्रप्रति वैरभाव र भारतीय विस्तारवादको झल्को भेटिदैन, उहाँ स्वयं नेपालको अखण्डता र नेपाली राष्ट्रियताप्रति र नेपाल विश्वको गुरु राष्ट्र हो भन्ने भावनाप्रति अडिक भएको हामीले पाउँछौ ।

    अन्त्यमा, जगद्गुरु शंकराचार्यको ७ गतेको आगमन, ८ गतेको धर्म सभालाई सम्बोधन र आर्शीवचन, ९ गते ज्ञानमञ्च र दिक्षा प्रदान कार्यक्रममा भब्य, सभ्य र सफलताका साथ सम्पन्न भएको छ । यो कार्यक्रम भैहरवावासी वा भनौ हामी सबै रुपन्देहीवासीकै लागि गौरवको कुरा हो । यस प्रकारको दिब्य कार्यक्रम स्वयं जगतद्गुरु शंकराचार्यको उपस्थितिमा गर्न पाउनु आपैmमा महत्वपूर्ण हो । यस्तो धार्मिक कार्यक्रमले हामीबीच धार्मिक एकता सद्भाव र साक्षत देव र वेद दर्शन हुने मौकाप्रदान गरेको थियो जसलाई केही धार्मिक, सामाजिक र मन्दिर व्यवस्थापनका व्यत्विहरुले हलुका रुपले लिएको देखियो । आगामी दिनहरुमा यसप्रकारको कमीकमजारी कुनै पनि धार्मिक क्षेत्रमा लागेका व्यक्तित्वहरुबाट नहोस् । हामीमा एकता कायम गर्न सके हाम्रो धर्म जोगिन सक्छ र हाम्रो राष्ट्र जोगिन सक्छ, धर्म रहे राष्ट्र रहन्छ, राष्ट्र रहे हामी भन्ने भावलाई सबैले बुझनु जरुरी छ । भैरहवामा जगद्गुरु शंकराचार्यको आगमनले नेपालभरी र नेपालबाहिर रहेका हरेक नेपाली वा हिन्दु समुदाय जसले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान लिएको छ । उनीहरुमा ठूलो उत्साह र हौसला मिलेको कुरामा दुई मत देखिदैन । यस दिव्य कार्यक्रममा मूल समिति, विभिन्न उपसमिति, व्यवस्थापन लगायत ¥यालीमा सहभागि र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैप्रति हार्दिक नमनगर्दछु । जय श्री जगन्नाथ ।। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij