२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

अर्घाखाँची प्रशाशनमा अति आवश्वक बाहेकका सेवा एक हप्ताको लागि बन्द

आइतवार , आश्विन १८, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • अर्घाखाँची १८ असोज । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित ४ जनामा कोरोना पुष्टि भएपछि अति आवश्वक बाहेकका सम्पुर्ण सेवा एक हप्ताको लागि बन्द गरिने भएको छ ।

    बिहिबार प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका  सवारी चालक, सुरक्षा गार्ड, कोरोना पुष्टि भएको थियो । 

    प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले प्रशासनमा रहेका दुई जना सहायक प्रमुख जिल्ला अधिकारी मध्ये एक जनालाई कोरोना पुष्टि नभएकाले कार्यालयबाट हुने सेवा संचालन  गर्ने भने पनि पुन संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आईतबार देखि एक साताका लागि बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । 

    कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको छ । यस्तै शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहने खनालले जानकारी दिए । 

    जिल्लाका विभिन्न ठाउँमा भएको विपद, व्यवस्थापन, उद्वार, राहत र पुनस्थापनामा खटिएकै अवस्थामा स्वास्थमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी लगायतको स्वाब संकलन गरेर गुल्मी प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै प्रशाशनले  समुदाय स्तरमा पनि सचेत रहन आग्रह गरेको छ ।