२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

देव महिला समाज काठमाडौंद्वारा कोरोना पिडितलाई राहत सामग्री वितरण

आइतवार , आश्विन १८, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं । कोरोना भाइरस महामारीबाट पिडित बनेकाहरुलाई राहत वितरण गरिएको छ । कोरोना महामारीबाट पिडित बनेकाहरुको सहयोग स्वरुप देव महिला समाज काठमाडौंद्वारा राहत सामग्री वितरण गरिएको हो । 

    इन्जिनियर राजेश देब, संगीता देव, अराध्या देब लगायतको सहयोगमा देव महिला समाज काठमाडौंले राहत सामग्री प्रदान गरिएको जनाएको छ । सो कार्यक्रमको संयोजन नबिन देब तथा सहजकर्ता राजिब देबको नेतृत्वमा भएको थियो । 

    समाजले पशुपती क्षेत्र, बनकालीमा राहत वितरण कार्यक्रम राखेको थियो । सो कार्यक्रममा लगभग २ सय पिडितहरुलाई राहत सामग्री प्रदान गरिएको जनाइएको छ । समाजले यसअघि रत्नपार्कमा पनि खाना तथा राहत वितरण गरेको थियो । समाजले पछिल्लो समय गरिब अशाहय, बिपन्न, दलीत लगायतर्ला सहयोग गर्दै आएको छ ।