images

बिहिवार, बैशाख १३ गते २०८१

वनवाटिकाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

वनवाटिकाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
images
शुक्रवार, कार्तिक २६ २०७८
शुक्रवार, कार्तिक २६ २०७८
  • वनवाटिकाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

    बुटवल, २६ कात्तिक ।
    तिलोत्तमा नगरमा रहेको शंकरनगर वनविहार तथा तथा अनुसन्धान केन्द्रको ११ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । 

    कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्दै नगरपालिकाबाट तयार गरिएको गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । केन्द्रभित्र रहेका विभिन्न योजनाहरुलाई एकतावद्ध गरी मुल समितिबाट निर्देशन गरेर अघि बढ्नुपर्ने भन्दै उनले अनावश्यक पूर्वाधार बनाउन नहुने बताए । तिलोत्तमा नगरपालिकामा गहनाका रुपमा रहेको अनुसन्धान केन्द्रको विकासमा स्थानिय सरकारबाट सधै साथ र सहयोग रहेको समेत उनले प्रतिवद्घता जनाए । शहिद पार्क, पुष्पलाल पार्क, विपि पार्क सबैलाई काम चाडो गर्नतर्फ समेत सबैले ध्यान दिनुपर्ने उनले बताए ।  

    कार्यक्रममा शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले कोभिड–१९ संक्रमणको अवधिमा पनि निर्माण र मर्मतको कामलाई निरन्तर अगाडी बढाएको भन्दै यसमा सबै क्षेत्रबाट सहयोग मिलेको बताए । केन्द्रमा बन्दै गरेको अत्याधुनिक तिलोत्तमा भ्युटावरको काम ९० प्रतिशत सकिएको उनले बताए । एघार तले भवन करिब १३ करोड रुपैयाको लागतमा २ बिगाहा क्षेत्रफलमा बन्दै छ ।

    केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले समग्र केन्द्रको पूर्वाधार हालसम्म १० करोड बढी लगानी भएको बताए । त्यसै गरी लकडाउनकै अवधिमा राष्ट्रपति चुरे मधेश तराई संरक्षण समितिको सहयोगमा १८ लाख ८९ हजार ४ सय ७० रुपैयाँ र संस्थाको ४ लाख ५८ हजार ९९ रुपैयाँमा चराको खोर निर्माण गरिएको उनले बताए । 

    वनवाटिकामा ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहा ६ वटा पार्कहरु, रेल, चिल्डे«न पार्कसहित २१ प्रजातिका जनावर रहेको मिनि चिडियाघर सञ्चालन गरिएको केन्द्रका सचिव फर्सुराम भण्डारीले बताए । कोभिड संक्रमण कम हँुदै जादा अहिले दैनिक १ हजार पर्यटकहरु आउन लागेको उनले बताए । 


    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij