शुक्रवार, मंसिर १७ गते २०७८

लुम्बिनी र प्रदेश १ को पर्यटन विकाससम्बन्धी छलफल

लुम्बिनी र प्रदेश १ को पर्यटन विकाससम्बन्धी छलफल

images
images

खबर पात्रो

२९, कार्तिक २०७८
  • 237
    SHARES
  • लुम्बिनी र प्रदेश १ को पर्यटन विकाससम्बन्धी छलफल
    images

    बुटवल, २९ कात्तिक ।
    लुम्बिनी प्रदेश र प्रदेश १ को पर्यटन विकासका सम्बन्धमा दुवै प्रदेशका उद्योगी व्यवसायीबीच छलफल भएको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही र सुनसरी ईटहरीका उद्योगी व्यवसायीबीच पर्यटन उद्योगलाई केन्द्रमा राखेर उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका सन्दर्भमा सोमबार रुपन्देहीको भैरहवामा छलफल भएको हो ।

    त्यस अवसरमा दुवै प्रदेशमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनको लागि एकले अर्कालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । हालै मात्रै सौर्य एयरलाईन्सले बिराटनगर–भैरहवा, भैरहवा–विराटनगर दैनिक सिधा उडान थालनी गरेको छ । यसले दुवै प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र संगसंगै उद्योग तथा व्यापार व्यवसाय प्रवद्र्धनको लागि पनि नयाँ ढोका खुलेको उनीहरुको बुझाइ छ ।

    images

    लुम्बिनीको भ्रमणमा आएको ईटहरी उद्योग वाणिज्य संघको टोलीलाई रुपन्देहीमा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यसले लुम्बिनी र प्रदेश १ को समग्र पर्यटन विकासको लागि नयाँ ढोका खुलेको बताए । उनले लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी मात्रै नभएर विभिन्न जिल्लामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेकाले लुम्बिनी भ्रमणको लागि प्रदेश १ का आम समुदायलाई संघमार्फत सन्देश पठाए ।

    त्यसै गरी ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले प्रदेश नम्ब १ मा उद्योग, व्यापार र पर्यटनको सम्भावनाको विषयमा जानकारी गराउँदै सौर्य एयरलाईन्सले थालेको भैरहवा–विराटनगरको सिधा उठानले प्रदेश १ र लुम्बिनी प्रत्येक्ष जोडिएको भनाइ राखे । उनले पनि लुम्बिनीका उद्योगी व्यवसायीलाई प्रदेश १ मा भ्रमणको लागि आमन्त्रण गरे ।

    त्यस अवसरमा सौर्य एयरलाईन्सका भैरहवा शाखा प्रवन्धक जितेन्द्र यादवले दुई प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सौर्यले विराटनगर–भैरहवा सिधा उडान सुरु गरेको बताउँदै सहयोगको लागि समेत आग्रह गरे । ईटहरी उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्षसहित उद्योग उपाध्यक्ष टंक गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले स्वागत गरेका थिए ।

    त्यस अवसरमा कोभिदजंग कार्की, कृष्ण दुलाल, पत्रकार दामोदर खनाल लगायतले सौर्यको विराटनगर–भैरहवा सिधा उडानले लुम्बिनी र प्रदेश १ लाई जोड्ने पुलको काम गरेको भनाई राखेका थिए ।

    images
    प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - १८:१५:३७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro