images

बिहिवार, बैशाख ६ गते २०८१

मनिषको संघर्ष

मनिषको संघर्ष

images
images
images
आइतवार, मंसिर ५ २०७८
आइतवार, मंसिर ५ २०७८
  • मनिषको संघर्ष

    भैरहवा । पाल्पाको कुसुम खोलामा जन्मिएका मनिष ढकाल सानैदेखि संघर्षशिल थिए । २७ वर्षको उमेरमा आइपुग्दासम्म जीवनको अधिकांश समय उनी संघर्ष गर्दै अगाडी बढिरहेका छन् । ‘हुने विरुवाको चिल्लो पात’ भने जस्तै उनी आफ्नो जीविकोपार्जनका लागि १०÷११ वर्षको कलिलो उमेरबाटै व्यापारमा लागे । घरको जेठो सन्तानको रुपमा जन्मएिका ढकाल रहरले नभइ बाध्यताले पढ्दै व्यापार गर्दै गरेका हुन् ।

    images
    images
    images

    सानैदेखि नै आफैले केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेका ढकाल अहिले २७ वर्षको उमेरसम्म आइपुग्दा एउटा असल जागिरे, होटल व्यवस्थापक हँुदै होटल व्यवसायी समेत बनेका छन् । सानै उमेरदेखि आफ्नै उद्यममा लागेका ढकालको जीवन संघर्ष भने निकै कठिन खालको छ । उनले २७ वर्षको अवधिमा निकै उतारचढाव र संघर्ष व्यहोरेका छन् ।

    सबै मान्छे उमेरले पाको अवश्य हुन्छन, तर व्यवहार र परिस्थितिले परिपक्व बनाएको मान्छे उमेरले बनाएको पाको भन्दा पनि पाको हुन्छन् । त्यसको ज्वलन्त उदाहारण हुन ढकाल ।

    जतिबेला पनि हसिलो मुद्रामा देखिने ढकाल सरल, शालिन छन् । उमेरले भर्खर २७ वर्ष पुगेका ढकालको भोगाई ४० काटेका व्यक्तिको भन्दा कम छैन् । १० वर्षको उमेरबाट आफ्नै घर वरिपरि फलेका फलफूलबाट आफ्नै लगावबाट सानोतिनो व्यवसाय सुरु गरेका ढकालले व्यवसायमा आफूलाई स्थापित गराइछाडे । घरमा फलेका सुन्तला, मौसम, अम्बा, नास्पाति, लिच्ची जस्ता मौसमी फलफूललाई घरमाथिको मन्दिर भैरवस्थान लगेर बेच्न सुरु गरे ।

    पाल्पाको भैरवस्थान मन्दिर अगाडी बोरा बिछाएर मध्यान्ह १२ बजेदेखि सांझ ६ बजेसम्म उनी फलफूल बेच्ने गर्दथे । विक्रीका लागि लिएको फलफूल बचेपछि एक घण्टाको बाटो हिंडेर घरमा पुग्ने गरेको ढकाल बताउँछन् ।

    जब मानिसमा आत्मबल र इच्छाशक्ति हुन्छ, उसलाई न त उमेरले छेक्छ न त अन्य कुराले नै । ढकालको परिवार मध्यम खालको थियो । परिवारमा काम नगरेसम्म खान लाउन र पढ्न पुग्दैनथ्यो ।

    ‘हामीहरुको पालनपोषण र पढाइका लागि बुवाले गाडी चलाउने काम गर्नुहुन्थ्यो, म जान्ने हुँदादेखि नै बुवाले भैरहवामा गाडी चलाउनुहुन्थ्यो । बुवाले गाडी चलाउने सिलसिलामा म पनि बुवाको पछि लागेर भैरहवा आए । उहाँको पछि लागेर भैरहवा आएको म त्ससपछि भने म तत्काल पाल्पा फर्किन । पाल्पा नगएर भैरहवामै पढ्दै केही काम गर्ने सोच बनाए, पाल्पामा सानो व्यवसाय गरेर बसेकाले भैरहवामा यत्तिकै केही काम नगरी बस्न मन नै लागेन, ’उनले भने ।

    पाल्पामा बस्दा खेरी नै भारतीय बजार सुनौलीबाट भैरहवा चिनी लगायतका खाद्य सामग्री ल्याएर विक्री गर्ने सुनेको उनी बताउँछन् । त्यही सुनेको आधारमा म पनि सुनौलीबाट चिनी किनेर ल्याएर केही मार्जिन राखेर गल्लामण्डीमा विक्री गर्न थाले, ‘ढकालले भने ।

    आफ्नो जीविकोपार्जनका लागिे सबै कुरालाई एकातर्फ थन्काएर आफ्नो कामलाई अगाडि बढाउन थालेको ढकाल बताउँछन् । सुनौलीबाट भैरहवासम्म चिनी कसरी ल्याउने सकिन्छ भनेर जान्न र बुझ्नका लागि कति दिनसम्म त म भन्सार कार्यालयको बेलहिया गेट अगाडि र डण्डा पुल नजिकको सशस्त्र प्रहरीको चेकिङमा बसेर हेर्ने गरेको उनी बताउँछन् ।

    सबै कुरा बुझेपछि आफूले चिनी बोक्ने काम सुरु गरेको उनको भनाइ छ । चिनी बोक्दै जाँदा उनले दिनमा एक क्वीन्टलसम्म ओसारेर विक्री गरे । ‘सुनौलीबाट चिनी ल्याएर गल्लामण्डीमा बेच्दा राम्रै कमाइ हुने रहेछ । मैले त्यसबेला पनि राम्रै कमाई गरे । बिहान–सांझ चिनी बोकेको पैसाले आफ्नो पढाई खर्च पु¥याएको थिए । कापी किताब पनि त्यही कमाइले पु¥याएको थिए । दिउँसोमा पढ्न जाने गर्दथे, ’ढकालले भने ।

    २०६७ सालमा रुपन्देही लिलाराम न्यौपाने मा.वि.बाट एस.एल.सी पास गरेपछि उनले कक्षा ११ र १२ भैरहवाकै साईग्लोबलमा पढ्न थाले । कलेजमा पढ्दै पढाउन समेत थाले । आफूले पढ्दै कक्षा २ देखी कक्षा ७ सम्मका भाइबहिनीलाई ट्यूसन पढाउन थालेको उनी बताउँछन् । ट्युसन पढाउनको लागि उनले एउटा छत लिए । छत लिएवापत उनले त्यो घरका तीन जना बच्चालाई निःशुल्क पढाउँथे । त्यसबेला सांझको समयमा ट्यूसन, विहान क्याम्पस र दिनभरी मार्केटिङको काम गरे । उमेरले सानो भए पनि उनलाई व्यवहारले निकै च्यापेको थियो । दिनभर र सांझसम्म काम गरेर पढ्दा पनि उनी कहिल्यै फेल भने भएन् ।

    मार्केटिङको जागिर गर्नुपर्ने भएकाले बिहानको अन्तिम कक्षा उनले कहिल्यै पढ्न पाएनन् । ९ बजे जागिरमा जानुपर्ने भएकाले एउटा कक्षा छुटाएर ढकाल मार्केटिङको जागिर खान जाने गर्दथे । ट्युसन र मार्केटिङगरेवापत उनले मासिक ३० देखि ३५ हजारसम्म कमाउने गर्दथे ।

    ‘त्यो बेलासम्म मलाई पैसा कमाउने रस पसिसकेको थियो । अझै धेरै पैसा कसरी कमाउन सकिन्छ भन्ने कुरा मनमा खेलिरहन्थ्यो । त्यहि सिलसिलामा एकदिन एकजना साथीले भारतमा रहेको बी एण्ड बी नेटवर्किङ विजनेसमा राम्रो आम्दानी हुने कुरा बतायो, घरमा आर्थिक अवस्था कम्जोर भएका कारण राम्रो आम्दानी हुन्छ भनेपछि म पनि आर्थिक प्रलोभनमा परे । टन्न धन कमाउने आसामा सन २०१३ मा नेपालमा कमाइराखेको ३०÷३५ हजारको जागिर छाडेर भारततर्फ हानिए, ’ उनले अनुभव सुनाए । 

    नेटवर्किङ बिजनेशमा राम्रै कमाउने दाउमा भारत पसेका ढकाललाई त्यहाँ पनि त्यति सहज भएन । नेटवर्किङ बिजनेशमा आफ्नो भविष्य चम्काउने दाउमा भारत पुगेका ढकालले राम्र्रै आम्दानी हुने आश्वासन पाएपछि तालिमदेखि लिएर सबै तयारी पुरा गरे । सबै तयारी गरेपछि नेटवर्किङ बिजनेशमा लैजाने व्यक्तिले त्यसका लागि सुरुमा लगानी गर्नुपर्ने बताए । डेढ लाख लगानी लगाउनुपर्ने कुरालाई उनलाई निकै पिरोल्यो केही दिन । संगै २/४ हजार रुपैयाँ पनि नभएको बेला डेढ लाख रुपैया खोज्नुपर्ने भएपछि उनलाई निकै तनाव भयो । जसरी पनि दाम कमाउन जानुपर्ने भएपछि उनले नेटवर्किङ बिजनेशमा लागेर राम्रो कमाई हुने आश्वासन बाडेर बुबाआमालाई आफ्ना योजना सुनाएको बताए । छोराको कुरा सुनेपछि बाबा आमालाई छोराले केही गर्छ की भन्ने लाग्यो र तीजको बेलामा पनि आमाले आफूले लगाएका गरगहना राखेर छोराको खुसीको लागि डेढ लाख रुपैया हातमा हाल्दिनु भयो ढकालले भने, ‘त्यो दिन सम्झदा अझै पनि मलाई निकै नरमाइलो लाग्छ ।’

    टन्न पैसा कमाउने र ठूलो विजनेशम्यान हुने सपनासगैं पैसा बोकेर भारतका ढकाललाई दुई महिनापछि थाहा भयो की नेटवर्किङमा ठूलो संकटमा रहेछ । आफूले लगेको पैसा डुबिसक्यो, घरमा छोराले टन्न कमायो होला भन्ने बेलामा आफूले घर जानका लागि भाडा समेत नकमाएको अवस्थामा कस्तो भएहोला उनी सम्झन्छन जहा इच्छा त्यहाँ उपाय भने जस्तै त्यहाँ काम सिक्न जाने कामदारहरुलाई राखेर होस्टेल चलाउन सुरु गरे ।

    ‘होस्टलमा एक जनालाई राखेवापत १ हजार ५ सय महिनाको लिने गर्दथे, यसरी एकवर्षमा मैले लगाएको लगानी उठाए उनी भन्छन्, ‘त्यसपछि कहिले पनि काम गर्न विदेशिने छैन भन्ने प्रणका साथ नेपाल आए, जे जस्तो भए पनि आफ्नै  देशमा रगत पसिना बगाउने भन्ने आत्मविश्वासको साथ मेरो यात्रा फेरी नेपालबाटै सुरु भयो ।
    भैरहवा फर्किएपछि उनले होटल ग्लास–गो मा फास्टफूड सञ्चालन गरे । फास्टफूड सञ्चालन गर्दै जाँदा होटल ग्यापमा होटल मेनेजरको लागि राम्रो अवसर प्राप्त भयो । आजसम्म पनि उनी होटल ग्यापमा कार्यरत छन् ।

    ‘जीवन र संघर्ष खोला जस्तै रहेछ, जुन एकोहोरो बगिरहने । म पनि मेरो काममा निरन्तर लागिरहे आफूमा भएको हर कोेसिस कुनै ठाउँमा बाँकी नराखी लाग्दा आज यहाँसम्म आएको छु । आजसम्मका काम गराई र भोगाइले आज मलाई निखारी रहेको छ ।  आज मेरो साथमा १२ जनाले रोजगारी पाएका छन् । हिजो आफ्नो घरको चुलो बाल्न हरेक प्रयास गरेको म आज म जस्तै धेरैको घरमा मेरो व्यवसायबाट चुलो बलोस् भन्ने मेरो चाहना हो । अभावले नै मान्छे लाई सर्घष गर्न सिकाउने रहेछ, ढकालले भने ।

    म सानै हुदा देखी नै अभाव र समस्याबाट गुज्रिएको मान्छु हु। सुख दुःख र सर्घष के हो भन्ने मैले राम्रैसंग बुझेको छु। सानो छदा घरको दुःख सम्झियो भने त मलाई अहिले पनि निकै पिडाबोध हुन्छ। मेरो बाबाहरु तिन भाई हुनुहुन्थ्यो। तीन भाईको माईलो मेरो बाबा हुनुहुन्थ्यो। बाबाहरु छुट्टिनु भयो। बाबाहरु छुट्टीदा  हाम्रो भागमा एउटा गोठ प¥यो। त्यसैलाई बस्ने बास बनाएर दुखशुख गुजारा चलोयौ।

    मेरो बाबाले गाडी चलाउनु हुन्थ्यो। एक दिन बाबाले चलाएको गाडी पाल्पाको बतासे डाडामा ठुलो र्दुघटनामा प¥यो। दुर्घटनामा परी धेरै जनाको ज्यान गयो। संगै रहेका बाबाका दुई तीन जना साथीहरुको पनि ज्यान गयो। संयोगले मेरो बाबा भिरमा रहेको बोटमा अड्किएर बाच्नु भयो।

    बाबाको दुर्घटना पछि बाबाले गाडी चलाउन सक्नु भएन। त्यस पछि घरमा झनै समस्या थपियो। म सानै थिए, सानै भए पनि घरको समस्या बाबा आमाको दुख देख्दा मैले केही गर्नु पर्छ भन्ने एउटा खालको हुटहुटी लागि रहन्थ्यो। त्यही हुटहुटीले गर्दा गर्दा आज म एउटा होटलको म्यानेज हुदै होटल सञ्चालक सम्म बन्न पुगे। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij