images

मंगलवार, बैशाख ४ गते २०८१

रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी

रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी

images
images
images
सोमवार, मंसिर ६ २०७८
सोमवार, मंसिर ६ २०७८
  • रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी

    भैरहवा, ६ मंसिर ।
    रुपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरुमा जलीय जीव र जलचरको संख्या कम भइरहेको छ । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । आइतबार जैविक विविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा एकलाख माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले माछाका भुरा तिनाउ खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको छ । त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको उनले बताए । 

    पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दिपक भुसालले बताए । 

    जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दुषित पानीको उपचार नगरी सिधै खोलामा मिसाउनु हुँदैन । 

    वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए । अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने बताए । 

    वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आ–आफ्नो भूमिका हुन्छ । खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेशचन्द गुप्तले बताए । 

    रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरुको सहजताकालागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । जैविक बिविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, वनस्पति सबैको जीव चक्रमा गम्भिर समस्या उत्पन्न हुने वीज्ञहरुले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij