images

शुक्रवार, बैशाख ७ गते २०८१

आन्तरिक पर्यटकको रोजाइमा ‘बाहुनथान’

आन्तरिक पर्यटकको रोजाइमा ‘बाहुनथान’

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • आन्तरिक पर्यटकको रोजाइमा ‘बाहुनथान’

    वालिङ, ९ मङ्सिर। झट्ट हेर्दा बीचमा उठेको पहाड । रुख बिरुवाबिनाको खुला केही समथर र भिरालो पहाड। वालिङ बजारबाट नजिकै रहेको शान्त, मनोरम र दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको ‘बाहुनथान’ पछिल्लो पटक आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ। 

    पैदलमार्गबाट एकदेखि डेढघण्टा र सवारीसाधनमा वालिङ बजारबाट १५ मिनेटमा उक्त ठाउँमा पुग्न सकिन्छ। हिमशृङ्खलासहित वालिङ नगरपालिकाका मुख्य–मुख्य बजार, आँधीखोला र खोला किनारका समथर भूभागसहित स्याङ्जा र अन्य जिल्लाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन।

    सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन। अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन। अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा पुगेको बताएका छन। आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासीको भनाइ छ। 

    कोभिड–१९ को सङ्क्रमणका कारण घरभित्रै रहनुपर्ने बाध्यात्मक अवस्था हटेर विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गर्दा झनै यस ठाउँमा आन्तरिक पर्यटक पुग्ने गरेका छन। पछिल्लो समय उक्त स्थानमा साना तथा ठूला सवारीसाधन पुग्नका लागि केही सडक कालोपत्र गरिएको छ भने केही सडकलाई स्तरोन्नति गरिएको छ। सडक कालोपत्र भएसँगै विशेषगरी अटो र मोटरसाइकलमा पारिवारिक घुमघामका लागि रुचाइएको स्थलका रूपमा बाहुनथानलाई लिने गरेका छन। 

    स्मार्ट सिटीको अवधारणासहित अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाभित्रका विशेषगरी बजारका घरमा एउटै ‘पिङ्क कलर’ लगाउने अभियान अगाडि बढाएसँगै यो क्षेत्र झनै मनमोहक देखिने गरेको छ।

    तत्कालीन बाइसेचौबीसे राज्यको ग्रहौंकोट राज्यका बाघखोरकी रानी लालकुमारी खाँणले करिब १०० वर्षअघि उक्त जग्गा गौचरनका रूपमा छाड्नुभएको हो । उक्त ठाउँमा ‘खाँणदेवी’ को मन्दिर स्थापना गरिएको र त्यहाँ पूजा गर्ने पूजारी ग्रहौंजातिको बाहुन भएका हुनाले त्यस ठाउँलाई ‘बाहुनथान’ भन्न थालिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

    “आन्तरिक तथा बाह्य पर्यटनका दृष्टि प्रचुर सम्भावना बोकेको रमणीय ठाउँ भएकाले यसको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौँ”, उनले भने, “डिपिआर तयार पारेर पर्यटन मन्त्रालय, विभाग र नगरपालिकाको लागत साझेदारीमा काम गर्ने गरी बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारीमा छौ।”

    रु सात करोड लागतमा त्यहाँ इकोलोजिकल, बायोइञ्जीनियर विधिबाट उद्यान निर्माण गर्नका लागि डिपिआर तयार गरिएको नगरप्रमुख खाँणले बताए। त्यहाँसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने, खानेपानीको व्यवस्थापन, अन्य पूर्वाधार निर्माण गरिएको छ। 

    पहिले पहिले यहाँ फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बाहुनथानमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको स्थानीयवासीको भनाइ छ।रासस 

    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij