images

शनिवार, बैशाख ८ गते २०८१

प्रथम अध्यक्ष कप टी–२० क्रिकेटको उपाधि मायादेवी–८ लाई

प्रथम अध्यक्ष कप टी–२० क्रिकेटको उपाधि मायादेवी–८ लाई

images
images
images
सोमवार, मंसिर १३ २०७८
सोमवार, मंसिर १३ २०७८
  • प्रथम अध्यक्ष कप टी–२० क्रिकेटको उपाधि मायादेवी–८ लाई


    भैरहवा, १३ मंसिर ।
    रुपन्देहीको मायादेवी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधि मायादेवी वडा नम्बर ८ ले चुमेको छ । उपाधि हासिल गरेसंगै मायादेवी गाउँपालिका वडा नम्बर ८ ले नगद राशी रु.३५ हजार, शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो ।

    images
    images
    images

    आइतबार भएको फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मायादेवी वडा नम्बर ८ ले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । जसमा वडा नम्बर ८ का प्रविण नेपालीको ३५ बलमा ५९ रन र कप्तान ईमरान दर्जीको २६ बलमा ४२ रन जोडदै कुल २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन जोड्न सफल भएको गाउँपालिकाका योजना शाखा प्रमुख निरञ्जन गुप्ताले जानकारी दिए ।

    जवाफी मैदानमा उत्रिएको मायादेवि वडा नम्बर ६ले उक्त लक्ष्य भेटाउन सकेन । निर्धारित ओभरमा वडा नम्बर–६ ले सबै विकेटको क्षेतिमा खेलको अन्तिम सम्म १ सय ४४ रन मात्र बनाउँदै उपविजेतामा सीमित रह्यो । उपविजेता बनेसंगै वडा नम्बर ६ ले नगदराशी रु.२५ हजार, शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो ।

    यस्तै, क्रिकेट प्रतियोगिताको फाईनल खेलमा म्यान अफ द म्याच वडा नम्बर ८ का खेलाडी प्रविन नेपाली, म्यान अफ द सिरिज वडा नम्बर ६ का खेलाडी अर्जुन क्षेत्री, बेस्ट बलर वडा नम्बर ६ का खेलाडी प्रवेश थापा तथा बेस्ट ब्याट्सम्यान वडा नम्बर ८ का खेलाडी ईमरान दर्जीलाई घोषित गरी खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

    मायादेवी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मंसिर ८ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा वडा नम्बर १ देखि वडा नम्बर८ सम्मको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख गुप्ताले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धुव्र नारायण चौधरीले भौतिक पूर्वाधारसंगै खेलकुद क्षेत्रको विकासमा गाउँपालिका अग्रसर हुँदै आएको बताए । खेलकै माध्यमबाट स्थानीय खेलाडीहरु राष्ट्रियस्तरसम्म पुर्याउने योजना रहेको बताउँदै युवाहरुको साथमा सधै गाउँपालिका प्रतिबद्ध रहेको कुरा उनले बताए । शिघ्र नै खेलकुद विकास समिति गठन हुने जानकारी समेत अध्यक्ष चौधरीले दिए ।

    गाउँपालिका उपाध्यक्ष तारादेवी यादवले खेलकुदकै माध्यमबाट पालिका र देशको नाम विश्वमै चिनाउन सकिने बताइन् ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका सधै दृढ भएर अघि बढेको बताए । पूर्वाधार मात्र नभइ खेलकुदको विकास र खेलाडीहरुको प्रोत्सान गर्न सकिए समृद्धिको यात्रा सुरु गर्न सकिने उनले बताए ।

    मायादेवी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद लामिछानेले खेलकै माध्यमबाट युवा परिचालन, अन्तर सम्बन्ध, वृद्धि विकास र प्रबद्र्धन हुने जिकिर गरे । पछिल्लो समय क्रिकेट लगायत खेलप्रतिको मोह हराउँदै गएको चिन्ता व्यक्त गर्दै स्थानीय खेलाडीहरुलाई उत्साहित र प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । यी प्रतियोगिताहरुले निरन्तरता पाउने बताउँदै राष्ट्रिय खेलाडी उत्पादन गर्न पालिका लागिपरेको समेत लामिछानेले उल्लेख गरे ।

    त्यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र यादवले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रम तीनै तहको सरकारले ल्याउनुपर्ने बताए । खेलाडीहरुलाई प्रशिक्षण, उनीहरुको अभ्यासका लागी सुविधासम्पन्न खेलमैदान हुन सके मात्र उत्कृष्ट खेलाडी उत्पादन हुने दावी गर्दै वडाअध्यक्ष यादवले विगत वर्षदेखि नै खेलाडीहरुलाई खेलकुदका सामग्री वितरण गर्दै आएको बताए ।
    मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गर्दै पालिकामा भएको उक्त प्रतियोगितामा आफनो वडा प्रथम भएकोप्रति खुशी व्यक्त गरे ।

    सोही कार्यक्रममा वडाले ती खेलाडीहरुलाई प्रोत्साहन स्वरुप रु.५१ हजार प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    मायादेवी वडा नम्बर ३ स्थित केन्हौलीमा रहेको मायादेवी केन्हौली खेलमैदानमा खेलको समापन कार्यक्रम भएको थियो ।
    गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक मधुसुदन बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाल राष्ट्रिय क्रिकेट संघका राष्ट्रिय प्रशिक्षक शंकर रानासहित ४ जना प्रशिक्षकले सहजीकरण गरेका थिए ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij