images

बिहिवार, चैत्र १५ गते २०८०

डुंगा चालक नेपालीको संघर्ष : जीवन चलाउन कतिदिन भोकै डुंगा चलाए

डुंगा चालक नेपालीको संघर्ष : जीवन चलाउन कतिदिन भोकै डुंगा चलाए

images
images
images
बुधवार, मंसिर १५ २०७८
बुधवार, मंसिर १५ २०७८
  • डुंगा चालक नेपालीको संघर्ष : जीवन चलाउन कतिदिन भोकै डुंगा चलाए

    भैरहवा । पोखरा लेकसाईडका महेश नेपाली। लेकसाईडमा बस्दै आएका नेपाली बिहानीको उदाउँदो सुर्यसंगै फेवातालमा पुग्दछन्। उनी फेवातालमा घुम्नका लागि नभइ पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउनका लागि फेवा ताल पुग्ने गरेका हुन्।

    बिहान सबेरै तालमा पुग्ने नेपाली राति मात्रै घर फर्कने गर्दछन्। उनको दिनचर्या पोखरा फेवातालमा आउने सयौं पर्यटकलाई डुंगामा सयेर गराएर बित्ने गर्दछ। उनले फेवा ताल आउने पर्यटकलाई तालबाराही मन्दिर दर्शन गराउने, तालको परिक्रमा गराउने तथा कतिपयलाई घण्टौसम्म ताल घुमाउने गरेको बताए।

    २४ वर्षिय नेपाली घरका जेठो छोरा हुन्। उनको घरमा आमा, दिदी र भाइ छन्। घरको जेठोछोरा भएका कारण उनीमाथि घर चलाउने जिम्मेवारी छ। जिम्मेवारी पुरा गर्न उनी बिहानै चिसो नभनी फेवा ताल पुग्ने गरेको बताउँछन्। आफुले कमाएको पैसाले घरपरिवार चलाउनुका साथै भाइलाई पढाउने गरेको बताए। 

    डुंगा चलाउँदै उनले आफ्नो पढाईलाई पनि संगै अगाडी बढाएका छन्। उनले ब्याचलर अफ होटल म्यानेजमेण्ट पढ्दै छन्। पोखरा पर्यटकीय क्षेत्र भएकाले डुंगा चलाउँदै होटल म्यानेजमेण्ट पढ्दै गरेको हु, नेपालीले भने डुंगा चलाउने कामसंगै कहिलेकाही होटलमा पनि काम गर्ने गरेको छु।

    जीवनलाई संघर्षको रुपमा चित्रण गर्दै आफुले संघर्ष गरिरहेको बताए। कामलाई कहिल्यै सानो नढान्ने नेपालीले डुंगा चलाएरै आफूले कोरेका सपना पुरा गर्ने बताए। कतिदिन त भोकै तिसै दिनभर डुंगा चलाए, जीवनलाई खुसी बनाउन कहिलेकाही भोकै संघर्ष गर्नुपर्दछ। दिनभर भोकै डुंगा चलाएका पनि थुपै्र घटना ताजै छन् उनले भने।

    पोखरा फेवा तालमा चल्ने अधिकांश डुंगामा चालकको पनि लगानी रहेको छ। फेवातालमा रहेका डुंगा सञ्चालकहरुको समिति छ। समितिमार्फत डुंगा चल्ने हुँदा उनीहरु सबैले थोरै धेरै काम पाइरहेका हुन्छन्। 

    images
    images
    images

    IMG_20211114_094651.jpg
    समितिमार्फत डुंगा चलाउँदा पर्यटकलाई सुविधा र सजिलो हुने उनको भनाइ छ। पहिलापहिला समिति नहुँदा कसैले दिनभरी चलाउने गर्दथे, त कोही यतिकै दिनभर घाम तापेर बस्नु पर्थ्यो, उनले भने समिति भएपछि सबैको पालो आउने हुँदा लगानी पनि सुरक्षित भएको छ, आफुहरुले पनि कमाउने गरेका छौ।

    उनी आफै पनि डुंगा सञ्चालकसगै डुंगा चालक हुन्। उनले डुंगा चलाएरै दिनमा १ हजार देखि १५ सयसम्म कमाउने गरेको बताउँछन। कहिलेकाही डुंगामा सवार पर्यटकले खुसी भएर टिप्स पनि दिने गरेको बताउँछन्। उनले डुंगा चलाउन लागेको ७ वर्ष जति भएको बताए।

    जोखिम कति हो कति

    हसिलो मुद्रामा डुंगा चलाई रहेका महेशलाई सोधे जोखिम कत्तिको महसुस हुन्छ। जोखिम हुन्छ नी किन नहनु। सामान्य मौसममा त त्यति धरै जोखिम महसुस गर्दैनौ, हावाहुरी चलेको बेलामा परियो भने निकै जोखिम महसुस गर्ने गछौ। हावाहुरीले तालमा छाल हान्ने गर्दा डुंगा हल्लिने हुँदा निकै डर लाग्ने गर्दछ। कतिपटक त म पनि यस्तो समस्यामा परेको छु। भगवानको कृपाले अहिलेसम्म केही भएको छैन्।

    आफ्नो अनुभव सुनाउँदै उनी भन्छन, ‘सजिलोमा कहाँ हुन्छ र पैसा । सुरक्षाकासाधन लगाएर, सुरक्षित भएर डुंगा चलाउने गरेका कारण दुर्घटनामा नपरेको बताए। डुंगा चढ्नेलाई पनि लाइफ जेकेट लगाउन लगाउँछु, कोही कोही लगाउन अलि ग्राहो मान्छन्। तर तालमा डुंगा चलाउँदै वरिपरीको मनमोहक दृश्य हेर्दै आन्तरिक तथा बाह्य पर्यटकसंगै कुरा गर्दा खतराको खासै आभास हुँदैन।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij