images

बिहिवार, चैत्र १५ गते २०८०

लुम्बिनीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीको चासो

लुम्बिनीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीको चासो

आयोजना प्रमुखलाई काम छिटो सम्पन्न गर्न निर्देशन

images
images
images
बुधवार, मंसिर १५ २०७८
बुधवार, मंसिर १५ २०७८
  • लुम्बिनीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीको चासो


    बुटवल, १५ मंसिर ।

    images
    images
    images

    लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग मुख्यमन्त्री कूलप्रसाद के.सी.ले छलफल सुरु गरेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले बुधबारबाट छलफल सुरु गरेका हुन ।

    मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहजीकरणको आवश्यकता रहेकोमा जोड दिए । उनले आयोजना प्रमुखबाट आयोजनाको काम, प्रगतिको बारेमा जानकारी लिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारीले क्यालिब्रेशन उडान भएको ३ महिनापछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी गराए । उनले अन्तिम तयारी भए पनि केही समस्याका कारणले समस्या भएको बताउँदै समाधान भइरहेको बताए ।

    यस्तै बबई सिचाई आयोजनाका सिनियर डिभिजन इञ्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

    ३६ हजार हेक्टर कृषियोग्य भूमिको सिचाईको योजनासहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भइरहेको उनले जानकारी दिए ।

    कार्यक्रममा सिक्टा सिंचाई आयोजना, नेपाल टेलिकम प्रादेशिक कार्यालय, नेपाल विद्युत प्राधिकरण, जनताको तटबन्धन कार्यक्रम बुटवल, शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई व्यवस्थापन, बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रम २ दिनसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij