२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भौतिकवादमा विश्वास गर्छौं : माओवादी नेता बराल

शनिवार , मंसिर १८, २०७८

सैनामैना, १८ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदर्शन बरालले भौतिकवाद र द्धन्द्ववादमा आफनो पार्टीले विश्वास राख्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) सैनामैनाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बरालले जालझेल र भ्रमको खेती पार्टीले कहिल्यै नगरेको दावी गरे । लुम्बिनी प्रदेशका सांसद समेत रहेका बरालले माओवादी केन्द्रले जनताको पक्षमा सधै वकालत गरिरहेको उल्लेख गरे  । उनले सशस्त्र जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टी नै माओवादी भएको ठोकुवा गरे ।

गणतन्त्र र अग्रगामी रुपान्तरणका लागी आफनो पार्टीको निर्णायक भुमिका रहेको तर्क गर्दै प्रतिगमनको विरुद्ध सधै लागेको नेता बरालले बताए । देशमा लोडसेडिङ अन्त्य र विद्युतमा आत्मनिर्भर माओवादी केन्द्रको नेतृत्वमा भएको उनले बताए ।

नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले पार्टीलाई पञ्चायती शैलीमा फर्काउन खोजेकाले पार्टी एकताबाट छुट्टिन परेको नेता बरालले बताए । 

राजनीतिक स्थितरता र आर्थिक रुपान्तरणमा सधै काम गर्ने बताउँदै अब बन्ने नयाँ समितिलाई सम्मानका साथ तीनै तहको चुनावका लागि तयार हुन अपिल बरालले गरे ।

कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको छ । सम्मान हुनेमा देवदत्त पौडेल, द्रोण जि.सी, शारदा घिमिरे, तुल्सा पाण्डे, तिलक नेपाली, कमला रिजाल, सरिता पौडेल, सावित्रा पाण्डे, अनिता ठेडीमगर रहेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महतको अध्यक्षता, माओवादी केन्द्रका नेता तथा लुम्बिनी सांसद सुदर्शन बरालको प्रमुख आतिथ्यता, नेता भोला बस्याल, नेता रोमनाथ न्यौपाने लगायतको आतिथ्यता तथा केशव भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।