२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

अखिल (क्रान्तिकारी)द्वारा विज्ञान संकायमा संगठन विस्तार

बिहिवार , मंसिर २३, २०७८

भैरहवा, २३ मंसिर ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई कमिटीले संगठन विस्तारलाई निरन्तरता दिएको छ । बिहीबार विज्ञान संकाय अन्तर्गत (बी.एस.सी.) प्रथम वर्षमा प्रेरणा थापाको अध्यक्षतामा २४ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई कमिटीका अध्यक्ष मनिष ढकालले बताए ।

समितिको उपाध्यक्षमा मनोज यादव, सचिवमा रामजित सहानी, जयप्रकाश बरई, सह-सचिवमा मनिषा गुप्ता, मनु जैसवाल, कोषाध्यक्षमा इशा कुवर र सह-कोषाध्यक्षमा विरेन्द्र कुमार यादव रहेको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई कमिटीका सचिव विनोद घिमिरेले बताए ।

त्यस्तै सदस्यहरुमा मनिषा गुप्ता (तेली), श्रीसा गिरी, समिक्षा गोदार, गीता मर्सानी, शिवानी श्रीवास्तव, दीपक मिश्र, अमिताब अली अन्सारी, मोहित दुवे, आशिष कुमार यादव, गोविन्द केवट, गणेश यादव, मञ्जित सिंह सहानी र धुर्व नारायण यादव रहेका छन् ।