images

बिहिवार, बैशाख २० गते २०८१

लुम्बिनीमा आन्तरिक पर्यटक ह्ववात्तै बढे (फोटो फिचर)

लुम्बिनीमा आन्तरिक पर्यटक ह्ववात्तै बढे (फोटो फिचर)

images
images
images
शुक्रवार, मंसिर २४ २०७८
शुक्रवार, मंसिर २४ २०७८
  • लुम्बिनीमा आन्तरिक पर्यटक ह्ववात्तै बढे (फोटो फिचर)

    भैरहवा, २४ मंसिर ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्ववात्तै बढेको छ । अहिले देशका विभिन्न स्थानका शैक्षिक संस्थाका शिक्षक, विद्यार्थी, विभिन्न संघ–संस्थाका सवारीसाधनमा लुम्बिनी आउनेको घुइँचो लागेको छ । लुम्बिनीलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका शैक्षिक संस्थाहरुले शैक्षिक भ्रमण गराउन थालेपछि यो संख्या बढेको हो । विद्यार्थीबाहेक अन्य आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।  अहिले भारतका विभिन्न क्षेत्रबाट आउने पर्यटकको संख्या पनि बढेको छ । 

    images
    images
    images

    पहिलो चरणको कोरोना संक्रमण कमी भएपछि २०७७ मंसिर ३ मा खुलेको लुम्बिनी २०७८ को सुरुवातीमै दोस्रो चरणको संक्रमण सुरु भएपछि सुस्ताएको थियो । भदौ यता दोस्रो चरणको संक्रमण कमी आएपछि खुला भएको लुम्बिनीमा बढ्न थालेको आन्तरिक पर्यटकको संख्या पछिल्लो तीन महिनामा निकै धेरै संख्यामा बढेको छ । मंसिर लागेसँगै यो संख्या उकालो लागेको हो । 

    लुम्बिनी विकास कोषको तथ्यांक अनुसार अगष्ट १७ अर्थात भदौ १ गतेबाट खुला गरिएको लुम्बिनीमा अगष्टमा ५ हजार ७ सय ४२ आन्तरिक र ४ सय ९९ भारतीय पर्यटक आएका थिए । सेप्टेम्बरमा आन्तरिक पर्यटक बढेर १७ हजार ८ सय ५८ पुगे भने भारतीय १ हजार ३ सय ८६ पयर्टकले लुम्बिनी घुमेका थिए । अक्टुबरमा त्यो संख्या बढेर ५३ हजार ८ सय ७० आन्तरिक र ६ हजार ८ सय १० भारतीय र नोभेम्बरमा ८८ हजार ३ सय ८६ आन्तरिक र ९ हजार ४ सय ५६ भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेका छन् । 

    lumbini 6 (1).jpg
    पछिल्लो एक साता अर्थात डिसेम्बरमा त्यो संख्या निकै बढेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । एक सातामा ५० हजार भन्दा बढी पर्यटक लुम्बिनी आएका छन् । असोज यता लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्यालाई हेर्दा कोरोनाकाल भन्दा पहिलेकै अवस्था भन्दा पनि राम्रो भएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

    कोरोना संक्रमण न्यून भएपछि लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएको लुम्बिनी विकास कोषको तथ्यांकले पुष्टि गरेको छ ।  लुम्बिनी घुम्न आएका विद्यार्थीहरु नयाँ ठाउँ र परिवेशको अनुभव लिन पाउँदा थप हौसला मिलेको विद्यार्थीहरुले बताउँछन् । विद्यार्थी जीवनमा शैक्षिक भ्रमण भनेपछि सबै विद्यार्थी उत्साहित हुन्छन् । गएका दुईवटा शैक्षिक सत्रमा विद्यार्थी घुम्न पाएनन् । कतै यो वर्ष पनि हुँदैनकी भन्ने दुविधा थियो । तर आफुहरु सहभागी हुन पाएकोमा उनीहरु खुसी व्यक्त गर्छन् ।

    सुदूरपश्चिमबाट आएकी विद्यार्थी गरिमा बोहोराले आफूले किताबमा पढेको लुम्बिनी हेर्न विद्यालयका ९ देखि १२ सम्मका अधिकांश विद्याथी ४ वटा गाडी रिजर्ब गरेर आएको बताइन् । कैलाली मोडल सेकेण्डरी स्कुलका शिक्षक दिपेन्द्र भट्टले विगत दुई वर्ष चाहेर पनि विद्यार्थी कतै भ्रमण गराउन नपाएको र धेरै विद्यार्थीहरुले चाहना गरेर लुम्बिनी नै भ्रमणका लागि ल्याएको बताए । 

    शैक्षिक भ्रमणमा लुम्बिनीलाई प्रमुख गन्तव्य स्थलका रुपमा शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थाले राखेका छन् । केही दिन यता लुम्बिनीमा पर्यटकको संख्या बढेको तथ्यांकले पनि त्यो पुष्टि गर्छ । आन्तरिकसंगै बाह्य मुलुकका पर्यटकको संख्या पनि बढ्न थालेको छ । सुस्ताएको लुम्बिनीको पर्यटन पर्यटकको आवागमनसँगै विस्तारै गतिशिल भइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेत बताउँछन् । 

    lumbini 4.jpg

    लुम्बिनी विकास कोष सूचना प्रमुख हरि राईका अनुसार आन्तरिक पर्यटक  लुम्बिनी आउनेको संख्या कोरोनाकालमा भन्दा पहिलेको अवस्थामा पुग्न थालेको छ । 

    यसै पनि नेपालीका लागि अहिले घुम्ने समय नै हो । यतिबेला धेरै गर्मी र धेरै जाडो नभएकाले पनि धेरैले मौसमलाई ध्यान दिएर घुम्ने योजना बनाएका हुन्छन् । यही कारणले पनि नेपाली पर्यटकहरु आउने क्रम बढेको हो । 

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको संख्या बढिरहेको बताए । 

    लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढाटाढाबाट पनि आएको पाइएको छ । 

    लुम्बिनी आउने पर्यटक बढे पनि एकदिने पर्यटक नै बढिरहेको लुम्बिनी होटल संघ, नेपालका निवर्तमान अध्यक्ष तथा पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठले बताए । ‘अहिले लुम्बिनीमा आन्तरिक पर्यटक आगमन वृद्धि भएको छ । लुम्बिनी वरिपरीका पर्यटक बढी आएका छन्, जो एकैदिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन्, विस्तारै लयमा आउनेछ भन्नेमा विश्वस्त छौ’  उनले भने । 

    लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्या बढेको बताए । उनले महामारीको त्रास, यथेष्ट भ्याक्सिनको व्यवस्था नहुनु, सीमा क्षेत्र अहिले पनि सहज हुन नसकेकाले बस्ने पर्यटक अझै नआएको बताए । 

    lumbini 3.jpglumbini 7.jpglumbini 2.jpglumbini 13.jpglumbini10.jpglumbini 8.jpg
    lumbini 9 (1).jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij