
बिहिवार , आश्विन २२, २०७७
परासी, २२ असोज । परासी बजारलाई थप सुन्दरीकरण र आकर्षित बनाउन रामग्राम नगरपालिकाले बजारमा घण्टाघर निर्माण गरिरहेको छ । बजारको आकर्षण बढाउन र बुद्ध नगरीकोे पहिचान झल्काउने उद्देश्यले नगरपालिकाले ७२ लाख रुपैयामा महेसपुर चोकमा सुन्दर आकर्षित घण्टाघर निर्माण गरिरहेको हो ।
यो सुन्दर र आकर्षित घण्टाघर पैगोडा शैलीमा निर्माण भैरहेको छ । बुद्ध नगरीको रुपमा चिनाउने र रामग्रामको ईतिहास झल्काउने यस आकर्षित घण्टाघरलाई रामग्राम नगरपालिकाको एक गौरव र चिनारीको रुपमा लिन सकिने छ । यस घण्टा घरको माथिल्लो भागमा पित्तलको गजुर राखिने छ । त्यसभन्दा तलको भागमा घडी मेसिन राखिने छ । त्यस्तै बिचको भागमा बुद्धको प्राथना चक्र र तल रामग्राम स्तुपको झल्कोदिने सजावट हुने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
यो घण्टा घर लुम्बिनी प्रदेशकै नमुना घण्टा घर रहने र यस्तो डिजाईनको घण्टा घर नेपालमै नरहेको नगरपालिकाको दावी छ । शान्तीका अग्रदुत गौतम बुद्धको अष्तुधातु रहेको रामग्राम स्तुपकै नामले यस नगरपालिकाको नामाकरण भएकाले नगरपालिकाकाले बुद्ध नगरीकोे झल्को दिने चित्रणमा यस घण्टाघरलाई डेकोरेशन गरिरहेको छ भने रामग्राम नगरपालिका र परासी सदरमुकामलाई चिनाउन एक चिनारीको रुपमा रहने नगरप्रमुख गुप्ताले बताए ।
यसै आर्थिक मसान्तमा सम्पन्न हुने यस घण्टाघरको निर्माण गर्ने ठेक्का अभियन्ता कन्सट्रक्स बुटवललाई दिइएको छ । घण्टाघरले ठुलो घडीमा समय देखाउन उक्त आकर्षित घण्टाघरले बजारमा आन्तरिक पर्यटकलाई तान्नुका साथै यहाँको व्यपार पनि फस्टाउने र परासीको रौनक पनि बढने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ ।
अहिले घण्टाघरको स्ट्रक्चर खडा भईसकेको छ । जुन भौतिक प्रगतिको ४५ प्रतिशत रहेको रामग्राम नगरपालिकाका ईन्जिनियर सतिस कुमार गुप्ताले बताए । उनका अनुसार यस निर्माणधिन घण्टा घरमा साईडबाट ईट्टा भर्ने, पिल्लर र भित्तामा विभिन्न डिजाईन बनाउने कार्यहरु भैरहेको छ भने घण्टाघरको माथिल्लो भागमा पितलको गजुर राख्ने, ठुलो घडी राख्ने, र सबै फलोरको बाहिरी भागमा डेकोरेशनको काम बाकी रहेको छ । उनले, घण्टघरको तल पट्टि राउण्डीमा रंगविरंगको फुलबिरुवाले सजवाट गर्ने र शान्तीका अग्रदुत गौतम बुद्धको परिचय दिने गरी डिजाईनहरु हुने बताए ।
यस्तो घण्टाघर पश्चिम र पुर्वी नवलपरासीको कुनै पनि स्थानिय तहले बनाएको छैनन । यो जिल्लाकै नौलो र आर्षित योजना रहेको नगरपालिकाले जनाएको छ । यो सदरमुकाम परासी र रामग्राम नगरपालिकाको पहिचानका लागि एक सिम्बोलिक रहने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij