२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पस बी.एड. प्रथम वर्षमा संगठन विस्तार

शुक्रवार , मंसिर २४, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २४ मंसिर ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । शुक्रबार शिक्षा संकाय अन्तर्गत बी.एड. प्रथम वर्षमा संगठन विस्तार गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।

    ऋतिक गुप्ताको अध्यक्षतामा १९ सदस्यी कक्षा कमिटी गठन गरिएको न्यौपानेले बताए । जसको उपाध्यक्षमा अप्रिना यादव, सचिवमा जानकी यादव, कोषाध्यक्षमा पुनम कुमारी गुप्ता, सह–सचिवमा जुनु धमला र कन्हैया लोध रहेका छन् ।

    त्यस्तै सदस्यमा पिंकी गुप्ता, मनिषा यादव, पिंकी घर्ती, सुरज कहार, दिलमाया थारु, दुर्गा गुरुङ, नरेन्द्र यादव, सुमित्रा कोहार, सावित्रा चौधरी, रम्भा गुप्ता, जीवन खनाल, प्रवेश शर्मा र कल्पना पौडेल रहेका छन् ।

    कमिटी गठन कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिव तथा एमाले सिद्धार्थनगर–१३ का अध्यक्ष भिम भण्डारी, राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका उपाध्यक्ष तथा एमाले सिद्धार्थनगर कमिटी सदस्य आयुश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।