images
images

शुक्रवार, जेठ ४ गते २०८१

स्थानको अभाव र कोरोना महामारीले बुटवलमा खाना महोत्सव हुन सकेन

स्थानको अभाव र कोरोना महामारीले बुटवलमा खाना महोत्सव हुन सकेन

images
images
images
मंगलवार, मंसिर २८ २०७८
मंगलवार, मंसिर २८ २०७८
  • स्थानको अभाव र कोरोना महामारीले बुटवलमा खाना महोत्सव हुन सकेन

    बुटवल, २८ मंसिर  ।
    प्रदर्शनी स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसायमा  फस्टाउनमा बाधा अड्चन थपिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आन्त्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाटोको रुपमा लिदै आएको सडक खाना मर्होत्सव विगत दुई वर्षदेखि सञ्चालन गर्नका लािग कोरोना नै बाधक बनेको बताएको छ ।

    images
    images
    images

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले ‘सडकमै खाऔं सडकमै रमाऔ’ भन्ने मुल नाराका साथ वि.सं. २०७५ सालमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको सडक खाना महोत्सव नियमित रुपमा २ वर्ष सञ्चालन गरेकोमा वि.सं. २०७७ सालदेखि विश्वभर फैलिएको कोभिड–१९ का कारण सञ्चालन गर्न प्रतिबद्ध भएकोमा यस वर्ष पनि सञ्चालन नहुने भएको छ । सडक खाना महोत्सव आयोजना गर्ने स्थल बुटवलको कालिकापथ सडक स्तरोन्नतिको क्रममा रहेकाले महोत्सव आयोजना गर्ने स्थान अभावले समस्या पारेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए ।

    कोरोनाको कहरसंगै स्थान अभावले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा बाधा पुर्याएको भन्दै सडक निर्माणसम्पन्न हुँदासाथ नेपाली नयाँ वर्षमा भए पनि खाना महोत्सव आयोजना गरिने अध्यक्ष गौतमले बताए ।

    आन्तरिक पर्यटन प्रवद्र्धनको गतिलो माध्यमका रुपमा लिइएको सडक खाना महोत्सवलाई निरन्तरता दिन र प्राथमिकतामा राख्नका लागि स्थानीय तह र प्रदेश सरकारले वार्षिक रुपमा बजेटको व्यवस्था गर्न पनि अध्यक्षले माग गरेका छन् ।

    सुरुको दुई वर्ष निकै उत्साहका साथ मनाइएको सडक खाना महोत्सवमा दर्शक तथा सहभागिहरुको निकै नै माया पाएको भए पनि कोरोनाको कहरले थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागी सञ्चालन गर्ने सोचमा अगाडी बढेको संघलाई यस वर्ष पहिला गदै आएको स्थलको सडक निर्माणको चरणमा रहेकाले समस्या भएको कारण आयोजनामा कठिनाई भएको संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले औल्याए ।

    बुटवलको खाना महोत्सव यस क्षेत्रकै पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण पाटोको रुपमा  लिईएको भए तापनि विश्वभरी महामारीका रुपमा आएको कोरोनाको कहर नै व्यवसायीको व्यवसाय फस्टाउन नदिनका लागि कारक बनेको छ । वि.सं २०७६ सालमा आयोजना गरिएको दोस्रो खाना महोत्सवको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij