images

सोमवार, बैशाख २४ गते २०८१

चौथो व्यापार मेलाको तयारी तीव्र, तीन सय स्टल दर्ता  

चौथो व्यापार मेलाको तयारी तीव्र, तीन सय स्टल दर्ता  

images
images
images
शनिवार, पौष ३ २०७८
शनिवार, पौष ३ २०७८
  • चौथो व्यापार मेलाको तयारी तीव्र, तीन सय स्टल दर्ता  

    बुटवल, ३ पुस । 
    ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ यमी पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।  

    images
    images
    images

    उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । स्वदेशी तथा विदेशी गरी  ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयां खर्च हुने र करिब ५० करोड आर्थिक कारोबार हुने  लक्ष्य रहेको अध्यक्ष गैरेले जानकारी दिए । 

    मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, निःशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् । 

    मुलुकको अर्थतन्त्र आयातमुखी र व्यापारमुखी रहेको सन्दर्भमा उद्योग व्यापार संघ बुटवलले स्थापनाकालदेखि नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा वकालत र काम गर्दै आएको हुँदा औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाले स्वदेशी उद्योगका उत्पादनको बजार प्रवद्र्धन, विभिन्न खाले व्यवसाय र सेवाको बजार विस्तार तथा नयाँ पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिन र अर्थतन्त्र चलायमान बनाउन पनि ठूलो भूमिका खेल्ने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताए ।

    मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पुर्याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए  ।  

    मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति पनि मेलामा रहने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेलामा आउने  दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको  प्रचारप्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । 

    सामाजिक उत्तरदायित्व अन्तर्गत व्यापार मेलाबाट वचत भएको रकमबाट बुटवलका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने तथा  स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने गरी आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहनका लागि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने संघले जनाएको छ । 

    त्यस्तै बुटवलको पर्यटन प्रवद्र्धनका लागि आदि मानव रामापिथेकसको बंगारा भेटिएको स्थानको पहिचान स्थापित गर्न रामापिथेकसको विशाल मुर्ति वा पाल्पाको नुवाकोटमा कर्णेल उजिरसिंहको दुई खुकुरी क्रस भएको विशाल मुर्ति बनाउने सोंच पनि संघले बनाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij